४ असार २०८३, बिहिबार । June 18, 2026

प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबको लगातार दोस्रो जित


१४ कार्तिक २०७९, सोमबार  

6
Shares

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लवले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

मुलपानी मैदानमा सोमवार भएको खेलमा नेपाल पुलिसले प्रदेश १ माथि ७ विकेटको फराकिलो जित निकाल्दा अर्को खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा ६९ रनको जित निकालेको हो । पुलिसले प्रदेश–१ ले दिएको १ सय ३ रनको लक्ष्य १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसको जितमा कुशल भुर्तेलले ४२ रनको योगदान दिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो । प्रदेश–१ का लागि निरज मुखियाले २९ रन जोड्दा अंकित सुवेदीले २४ रन बनाए । पुलिसका ललित राजवंशीले ५ विकेट लिए । पुलिस समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ ।

प्रदेश–१ ले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । यसैगरि जारी प्रतियोगितामा सुखद् शुरुवात गर्ने क्रममा गण्डकीले सुदूरपश्चिमलाई १ सय ३९ रनमा समेट्यो । गण्डकीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२ दशमलब ४ ओभरमा समेटिएको थियो ।

सुदूरपश्चिमका लागि मिलन बोहोराले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । सुदूरपश्चिमको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा गण्डकीका विपिन खत्रीले सर्वाधिक ४ विकेट लिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो ।

उसका लागि ओपनर अर्जुन कुमालले ६३ रनको व्यक्तिगत पारी खेले । प्रतियोगितामा मंगलवार पनि दुई खेल हुनेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा