१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

१० बुँदे रणनिति सहित माओवादी केन्द्रको घोषणा पत्र सार्वजनिक (पुर्ण पाठ)


१४ कार्तिक २०७९, सोमबार  

6
Shares

काठमाडौं । माओवादी घोषणा पत्र नेकपा माओवादी केन्द्रले १० बुँदे रणनिति सहित आगामी निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

शासकिय स्वरुप परिवर्त, निर्वाचन प्रणालि परिवर्तन देखि पूर्वाधारमा फड्को मार्ने सम्मका लोकप्रिय नारासहित माओवादीले घोषणा पत्र सार्वजनिक गरेको हो । नेकपा माओवादी केन्द्रले शासकिय स्वरुप परिवर्तनको मुद्धालाई विशोष प्रथामिकतामा राखेको छ । समृद्धिका लागि क्रमभङ्गतको नारासहित सोमबार सार्वजनिक घोषणा पत्रमा संघमा ५१ प्रतिशत मतद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रद्धारा गठित मन्त्रीमण्डल रहने शासकिय स्वरुपको माओवादीले कल्पना गरेको छ ।

शान्ति र समृद्धिको यात्रा तय गर्ने आफ्नो अभिष्ट पुरा गर्न संसदीय शासकीय स्वरूप अक्षम सिद्ध भएको माओवादीको बुझाई छ । त्यस्तै माओवादीले निर्वाचन प्रणालि परिवर्तको बिषय पनि घोषणा पत्रमा मुख्य प्राथमिकतामा राखेको छ । अहिलेको निर्वाचन प्रणालि आम जनताको पहुँच भन्दा माथि भएकाले पुर्ण समानुपातिक निर्वाचन प्रणालि लागु गर्नु पर्ने माओवादीको धारणा छ ।महिलाका लागि ३३ प्रतिशत निर्वाचन क्षेत्रको सुनिश्चितता माओवादीको प्रमुख प्रतिवद्धता रहेको छ ।

माओवादीले आफ्नो मुल रणनीतिमा १० बुँदा समेटेको छ । जसमा न्यायपालिका र प्रशासन संयन्त्रको जनमुखी पुनर्संरचना गर्ने, युवा शक्तिलाई देश निर्माणमा परिचालन गर्ने, विदेशमा रहेकालाई स्वदेश फर्कने वातावरण बनाउने, कृषि क्षेत्रको रूपान्तरण गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास गर्ने, २ अंकको आर्थिक बृद्धिदर हाँसिल हुने आधार निर्माण गर्ने, विकासलाई प्रकृतिमैत्रि बनाउने, मजदुर किसान, श्रमजीवि र विपन्न बर्गलाई समृद्धिको केन्द्रमा राख्न त्यसैगरी निजी क्षेत्रको लगानी र राष्ट्रिय पुँजीको विकासलाई प्रोत्साहन गर्ने लगाएतका बिषयहरु रहेका छन् ।

यसैगरि माओवादीले ५ बर्षमा आधार गरिवि हटाउने, आन्मनिर्भर कृषि अभियान, तिव्र औधोगिकरण र रोजगारि बृद्धि, दिगो पर्यटनको आधार तयार गर्ने, श्रमको सम्मान लोकप्रिय प्रतिवद्धता सार्वजनिक गरेको छ । त्यस्तै माओवादीले नयाँ सरकार बनेको ६ महिनाभित्र नयाँ शिक्षा ऐन जारी गरिने र १२ कक्षा पास गरेका सवैलाई रोजगारिको आधार तय गर्न सैद्धान्तीक र व्यवहारिक पक्षविच सन्तुलन हुने गरि पाठ्यक्रममा आमुल परिवर्तन गर्ने जनाएको छ ।त्यस्तै स्वास्थ्य क्षेत्रको सुधार गरि गाउँ गाउँमा अस्पतालको व्यवस्था गर्ने, सरकारको सेवा प्रवाहलाई चूस्त बनाउन ई गर्भेनेन्सी प्रणालि लागु गर्ने, राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा लगाएतका बिशोषता माओवादीको घोषणा पत्रमा समावेश गरिएका छन् ।

हेर्नुहोस् घोषणापत्र :

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था