५ असार २०८३, शुक्रबार । June 19, 2026

भारतमा पुल चुडिंदा १४१ जनाको मृत्यु, मर्मत गर्ने निकाय विरुद्ध फौजदारी मुद्दा दर्ता


१४ कार्तिक २०७९, सोमबार  

9
Shares

एजेन्सी । भारतको गुजरातमा पुल चुडिंदा १४१ जनाको मृत्यु भएको छ ।

आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिंदा १३७ जनाको मृत्यु भएको छ भने १०० जना भन्दा घाईते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार अनुसार अझै ५० जना भन्दा बढी सम्पर्कबिहिन रहेका छन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् ।

भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट गरेका छन् । उनले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मोरबी पुल हालैमात्रै मर्मत गरिएको थियो । उक्त पुलमा चढ्नका लागि भारु १७ रुपैयाँ शुल्क लिइन्थ्यो । आइतबार साँझ उक्त पुलमा क्षमताभन्दा बढी मानिसहरु रहेकाले पुल चुडिएको अनुमान गरिएको छ । स्थानीयका अनुसार पुल चुडिने बेला त्यहाँ करिब ४०० जना मानिसहरु रहेको अनुमान छ ।

मोरबी दुर्घटनाका सम्बन्धमा मर्मत सम्भार गर्ने निकायविरुद्ध ३०४, ३०८ र ११४ अन्तर्गत फौजदारी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा