११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

नेपालगन्ज म्याराथनले पायो एम्सको सदस्यता


१३ कार्तिक २०७९, आइतबार  

60
Shares

नेपालगन्ज । नेपालगन्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को सदस्यता प्राप्त गरेको छ ।

विश्वका आधिकारिक म्याराथन आयोजकहरुको सर्वोच्च साझा संस्था एम्समा नेपालबाट आवद्ध हुने सम्भवतः नेपालगन्ज म्याराथन पहिलो रहेको छ । गत महिना मात्र एम्सबाट नेपालगन्ज म्याराथनको रुट प्रमाणीकरण भएको थियो । नेपालगन्ज म्याराथनअन्तर्गत ४२ दशमलव १९५किमी, २१ दशमलव ०९७५ किमी, १० किमी र ५ किमी गरी चार वटा दुरीको अलगअलग प्रमाणपत्र रहेको छ ।

वल्र्ड एथ्लेटिक्स अन्तर्गत म्याराथनको नियमनकारी निकाय एम्समा एक सय १५ देशका ४५३ रेश आयोजक सदस्य छन् । नेपालगन्ज म्याराथन आयोजना एवं स्तरीयता सम्बन्धी आवश्यक कागजात सहित सम्पुर्ण प्रक्रिया पुरा गरेपछि एम्सले सदस्यता दिने निर्णय गरेको हो । एम्सको आवद्धतासँगै नेपालगन्ज म्याराथन विश्वव्यापी सञ्जालभित्र प्रवेश गरेको छ ।

अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्ज म्याराथनको बजारीकरण एवं प्रवद्र्धन गर्न एम्सले सघाउने नेपालन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली