३१ आश्विन २०८३, शनिबार । October 17, 2026

पूर्वी नेपालको गौरव बन्दै बेलबारी गोल्डकप


१३ कार्तिक २०७९, आइतबार  

6
Shares

मोरङ । फुटबल खेलप्रतिको उच्च आकर्षणकै कारण मोरङको बेलबारी–११ लक्ष्मीमार्ग स्थित कात्तिक १५ गतेदेखि बेलबारी गोल्डकपको पाँचौँ संस्करण सुरु हुँदैछ ।

प्रथम पुरस्कार एक लाख एक हजारबाट सुरु भएको प्रतियोगिता पाँचौँ संस्करणसम्म आइपुग्दा प्रथम पुरस्कार आठ लाख एक हजार भइसकेको छ । कात्तिक २३ गतेसम्म हुने उक्त प्रतियोगितामा गत वर्षको विजेता टिम सशस्त्र प्रहरी बलसहित रोलिङ एफ सी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगी हाट यूथ क्लब आयोजक, सहारा क्लब पोखरा, भारतको वेस्ट बङ्गाल आमुक्त परिवार, सिराहाको सहलेस युथ क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, युनाइटेड ब्रदर्श कालिम्पोङ भारत र धनकुटाको राजारानी फुटबल क्लब गरी १० टिमको सहभागिता रहने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ ।

यस क्षेत्रको ब्राण्डको रुपमा स्थापित भइसकेको बेलबारी गोल्डकपको पाँचौँ संस्करणसम्म आइपुग्दा पूर्वी नेपालको गौरव बेलबारी गोल्डकप बन्दै गएको फुटवल खेलाडी विक्रम लिम्बु बताउछन् । गोल्डकप आयोजना हुँदा गोल्डकपको संस्करण मात्र थपिएको छैन । यस क्षेत्रको खेलकुदको विकास, नयाँ खेलाडीलाई अवसर, प्रोत्साहनलगायत यहि क्षेत्रमा लागेर पनि जीविकोपार्जन गर्न सकिन्छ । बलियो आधार निर्माण भएको मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी बताउछन् ।

कोरोना माहामारीका कारण दुई वर्ष गोल्डकप आयोजना हुन सकेन अरु वर्ष नियमित गोल्डकप आयोजना हुँदै आएको छ । गोल्डकपलाई देश तथा विदेशमा रहेका यस क्षेत्रका महानुभावहरुको अत्यन्तै ठूलो सहयोग रहेको क्लबका अध्यक्ष विक्रम राई बताए। मोरङबाट उत्पादन भएका फुटबल खेलाडी रजीन धिमाल, आशिष चौधरी र विकास खवास हाल राष्ट्रिय टोलीमा आबद्ध छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि