१ आश्विन २०८३, बिहिबार । September 18, 2026

पूर्वी नेपालको गौरव बन्दै बेलबारी गोल्डकप


१३ कार्तिक २०७९, आइतबार  

6
Shares

मोरङ । फुटबल खेलप्रतिको उच्च आकर्षणकै कारण मोरङको बेलबारी–११ लक्ष्मीमार्ग स्थित कात्तिक १५ गतेदेखि बेलबारी गोल्डकपको पाँचौँ संस्करण सुरु हुँदैछ ।

प्रथम पुरस्कार एक लाख एक हजारबाट सुरु भएको प्रतियोगिता पाँचौँ संस्करणसम्म आइपुग्दा प्रथम पुरस्कार आठ लाख एक हजार भइसकेको छ । कात्तिक २३ गतेसम्म हुने उक्त प्रतियोगितामा गत वर्षको विजेता टिम सशस्त्र प्रहरी बलसहित रोलिङ एफ सी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगी हाट यूथ क्लब आयोजक, सहारा क्लब पोखरा, भारतको वेस्ट बङ्गाल आमुक्त परिवार, सिराहाको सहलेस युथ क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, युनाइटेड ब्रदर्श कालिम्पोङ भारत र धनकुटाको राजारानी फुटबल क्लब गरी १० टिमको सहभागिता रहने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ ।

यस क्षेत्रको ब्राण्डको रुपमा स्थापित भइसकेको बेलबारी गोल्डकपको पाँचौँ संस्करणसम्म आइपुग्दा पूर्वी नेपालको गौरव बेलबारी गोल्डकप बन्दै गएको फुटवल खेलाडी विक्रम लिम्बु बताउछन् । गोल्डकप आयोजना हुँदा गोल्डकपको संस्करण मात्र थपिएको छैन । यस क्षेत्रको खेलकुदको विकास, नयाँ खेलाडीलाई अवसर, प्रोत्साहनलगायत यहि क्षेत्रमा लागेर पनि जीविकोपार्जन गर्न सकिन्छ । बलियो आधार निर्माण भएको मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी बताउछन् ।

कोरोना माहामारीका कारण दुई वर्ष गोल्डकप आयोजना हुन सकेन अरु वर्ष नियमित गोल्डकप आयोजना हुँदै आएको छ । गोल्डकपलाई देश तथा विदेशमा रहेका यस क्षेत्रका महानुभावहरुको अत्यन्तै ठूलो सहयोग रहेको क्लबका अध्यक्ष विक्रम राई बताए। मोरङबाट उत्पादन भएका फुटबल खेलाडी रजीन धिमाल, आशिष चौधरी र विकास खवास हाल राष्ट्रिय टोलीमा आबद्ध छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ