२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

निर्वाचनपछि देशको प्रधानमन्त्री पूष्पकमल दाहाल: भट्टराई



गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मंसिर–४ को निर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् ।

गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष दाहालसहित पुगेका भट्टराईले माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री बन्ने बताए । गठबन्धनको सरकार पाँच वर्ष चल्ने भन्दै उनले दाहाल दुई पटक प्रधानमन्त्री बनेको सुयोग्य व्यक्ति भएको जिकिर गरे । दाहाल जस्तो चलायमान र लोकप्रिय नेता अरु कोही नभएको उनको भनाइ थियो ।

भट्टराईले नेपाली काँग्रेसका प्रदेश सभातर्फका उम्मेदवार सुरेन्द्र पाण्डे गण्डकीको मुख्यमन्त्री बन्ने जिकिर गरे । गोरखा क्षेत्र नम्बर २ ले भावी प्रधानमन्त्री र मुख्यमन्त्री दुवै पाउन लागेको भन्दै भट्टराईले अब यो क्षेत्रको चमत्कारिक विकास हुने तर्क गरे । भट्टराईले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन मतदाता र कार्यकर्तालाई अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको