२२ फाल्गुन २०८२, शुक्रबार । March 7, 2026

नेपाल एयरलाइन्सको दिल्ली उडान रोकियो


१३ कार्तिक २०७९, आइतबार  

108
Shares

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने गरी तालिका नबनाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरेको छ ।

सञ्चालन खर्च समेत नउठेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनको तालिकामा भैरहवाबाट उड्न बाध्यकारी गराउन थालेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार त्रिभुवन विमानस्थलबाट दैनिक प्रति तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले कम्तीमा एउटा उडान भैरहवा विमानस्थलबाट गर्नुपर्ने नियम बनाइएको छ ।

यसअनुसार आइतबारदेखि हिमालय र नेपाल वायुसेवा निगमले त्रिुभवन विमानस्थलबाट गर्ने दुई–दुई वटा उडान भैरहवामा सार्नुपर्ने थियो । तर, दुबै कम्पनीले भैरहवाबाट उडान गर्ने गरी नयाँ तालिका नबनाएपछि प्राधिरकणले आइतबार नेपाल वायुसेवा निगमको दिल्लीमा हुने उडान रोकिदिएको छ । सूचना अधिकारी भुलका अनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्सबाहेक एयर अरेबिया, फ्लाइ दुबई र कतार एयरवेजले पनि दैनिक तीनभन्दा बढी उडान त्रिुभवन विमानस्थलबाट गर्छन् ।

तर, उनीहरुलाई भैरहवमा उडान सार्ने म्याद १५ डिसेम्बर २०२२ सम्म दिइएको छ । यसअनुसार सो दिनसम्म तीन विदेशी एयरलाइन्सले त्रिभुवन विमानस्थलबाटै नियमित उडान गर्न सक्नेछन् । सो मितिसम्म पनि उनीहरुले भैरहवा विमानस्थलबाट तोकिएअनुसार भैरहवा विमानस्थलबाट उडान नगरे उडान रोकिने भुलले बताएका छन् । भैरहवामा जजिरा एयरलाइन्सले कुवेतबाट हप्तामा ३ वटा मात्रै उडान गरिरहेको छ । विमानस्थलका अधिकारीहरुका अनुसार, भैरहवामा विमान कम्पनीलाई पार्किङ, नेभिगेसन, ग्राउन्ड हृयान्डलिङ लगायत शुल्कमा छुट भएकाले केही सस्तो दरमा टिकेटिङ भइरहेको छ ।

दैनिक ४० वटा उडान गर्नसक्ने विमानस्थल हप्तामा ३ वटा उडानमा सीमित छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по