२१ मंसिर २०८२, शनिबार । December 6, 2025

नेपाल एयरलाइन्सको दिल्ली उडान रोकियो



काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने गरी तालिका नबनाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरेको छ ।

सञ्चालन खर्च समेत नउठेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनको तालिकामा भैरहवाबाट उड्न बाध्यकारी गराउन थालेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार त्रिभुवन विमानस्थलबाट दैनिक प्रति तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले कम्तीमा एउटा उडान भैरहवा विमानस्थलबाट गर्नुपर्ने नियम बनाइएको छ ।

यसअनुसार आइतबारदेखि हिमालय र नेपाल वायुसेवा निगमले त्रिुभवन विमानस्थलबाट गर्ने दुई–दुई वटा उडान भैरहवामा सार्नुपर्ने थियो । तर, दुबै कम्पनीले भैरहवाबाट उडान गर्ने गरी नयाँ तालिका नबनाएपछि प्राधिरकणले आइतबार नेपाल वायुसेवा निगमको दिल्लीमा हुने उडान रोकिदिएको छ । सूचना अधिकारी भुलका अनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्सबाहेक एयर अरेबिया, फ्लाइ दुबई र कतार एयरवेजले पनि दैनिक तीनभन्दा बढी उडान त्रिुभवन विमानस्थलबाट गर्छन् ।

तर, उनीहरुलाई भैरहवमा उडान सार्ने म्याद १५ डिसेम्बर २०२२ सम्म दिइएको छ । यसअनुसार सो दिनसम्म तीन विदेशी एयरलाइन्सले त्रिभुवन विमानस्थलबाटै नियमित उडान गर्न सक्नेछन् । सो मितिसम्म पनि उनीहरुले भैरहवा विमानस्थलबाट तोकिएअनुसार भैरहवा विमानस्थलबाट उडान नगरे उडान रोकिने भुलले बताएका छन् । भैरहवामा जजिरा एयरलाइन्सले कुवेतबाट हप्तामा ३ वटा मात्रै उडान गरिरहेको छ । विमानस्थलका अधिकारीहरुका अनुसार, भैरहवामा विमान कम्पनीलाई पार्किङ, नेभिगेसन, ग्राउन्ड हृयान्डलिङ लगायत शुल्कमा छुट भएकाले केही सस्तो दरमा टिकेटिङ भइरहेको छ ।

दैनिक ४० वटा उडान गर्नसक्ने विमानस्थल हप्तामा ३ वटा उडानमा सीमित छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको