१५ बैशाख २०८२, सोमबार । April 28, 2025

प्रधानमन्त्री कप क्रिकेट सुरु, उद्घाटन खेलमा टस जितेर बलिङ गर्दै आर्मी



काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आईतबार देखि सुरु भएको छ ।

उदघाटन खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले टस जितेर बलिङ रोज्दै एपीएफलाई पहिले ब्याटिङको निम्तो दिएको छ । आर्मी विनोद भण्डारीको कप्तानीमा खेल्दैछ भने एपीएफको नेतृत्व शरद भेषावकरले गरेका छन् ।

विनोदसँगै राजेश पुलामी मगर, रोहित कुमार पौडेल, भीम सार्की, शरिबहादुर चौहान, कुशल मल्ल, अर्जुन साउद, सुशन भारी, शाहब आलम, विक्रम सोब र जितेन्द्र मुखिया मैदानमा रहेका छन् । यस्तै एपीएफको तर्फबाट शरदसँगै कमल सिंह ऐरी, सुमित महर्जन, सन्दिप जोरा, अमर सिंह राउटेला, भुवन कार्की, प्रदीप ऐरी, लोकेश बहादुर बम, किशोर महतो र मौसम ढकाल मैदानमा छन् ।

मूलपानी मैदानमा समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेशको खेल पनि जारी रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको