२० माघ २०८१, आइतबार । February 2, 2025

दक्षिण कोरियामा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु



एजेन्सी । दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको क्रममा भागदौड मच्चिँदा कम्तीमा १५१ जनाको मृत्यु भएको छ ।

भागदौडमा ८२ भन्दा धेरै घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार शनिबार साँझ दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिँदा कम्तीमा पनि १५१ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । राजधानी सोलको एक नाइट स्पटमा ठूलो संख्यामा हलोविन मनाउनका लागि मानिसहरू जम्मा भएका थिए ।

रिपोर्टका अनुसार यहाँ करिब १ लाख मानिस भेला भएका थिए । भागाभाग हुन थालेपछि प्रहरीलाई समेत उक्त भागदौड रोक्न मुस्किल परेको थियो । घाइतेहरूको उपचार अस्पतालमा भइरहेको छ । भागदौडका कारण सयौंलाई हृदयघात भएको बताइएको छ । घटनाको कारण भने अझै खुलिनसकेको समाचार एजेन्सी योनहेपलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

दुर्घटनापछि कोरियाका राष्ट्रपति युन सुक योलले इतेवन क्षेत्रमा तुरुन्त उद्धार टोली खटाउन निर्देशन दिएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा भीडमा भाग्न खोज्दा धेरै मानिस सडकमा लडेको देखिएको छ । तथ्यांक संकलन र उद्धारको काम जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् ।

उनीहरूलाई हाल सीपीआरको माध्यमद्वारा उपचार गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन‚ बेलायतका प्रधानमन्त्री ऋषि सुनाक र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले उक्त दुर्घटनाप्रति चिन्ता व्यक्ति गर्दै समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

त्रिकोणात्मक महिला टी–२० सिरिजः नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

आजको मौसमः काठमाडौंको तापक्रम घट्यो, देशको पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

माघ २० गते आइतबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २० गते

महाकुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौं । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी