४ कार्तिक २०८३, बुधबार । October 21, 2026

भतिजाले प्रहार गरेको खुकुरीले लागेर काकाको मृत्यु


१२ कार्तिक २०७९, शनिबार  

6
Shares

खोटाङ । खुकुरी प्रहारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित हाँबुका ५९ वर्षीय मानबहादुर राईको मृत्यु भएको छ ।

शनिबार घरायसी विवादका क्रममा ४३ वर्षीय भतिजा पत्थरमान राईले प्रहार गरेको खुकुरीले काका मानबहादुरको गर्दनमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो । मादक पदार्थले मातेर काकालाई खुकुरी प्रहार गर्ने पत्थरमानलाई पक्राउ गरी कानुनी कारबाही सुुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटनापछि पत्थरमानले काका मानबहादुरलाई खुकुरी प्रहार गरेर हत्या गरेको भन्दै रगताम्मे भएको खुकुरी बोकेर आफन्तलाई सुनाउँदै हिँडेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि