४ असार २०८३, बिहिबार । June 19, 2026

नेपालीको रेल चढ्ने सपना पूरा हुन्छ : ओली


१२ कार्तिक २०७९, शनिबार  

6
Shares

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लाखौंलाई रोजगारी दिनसक्ने र आर्थिक सम्वृद्धिको आधारमा विकास गर्ने लक्ष्यका साथ शुरु गरिएको रेलमार्ग र औधोगिक पार्कको जग्गाजमिनमा देखिएको समस्या निर्वाचन लगत्तै समाधानतर्फ लागिने बताएका छन् ।

शनिबार झापाको दमकमा संयुक्त रुपमा एमाले र राप्रपाले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देखिएका साना समस्यालाई हल गर्दै जनताको रेल चढ्ने सपना पूरा गराउने बताएका हुन् । नेपालीलाई सरल र सहज यातायातको पहुँचमा पु¥याउन आफूले रेलको सपना देखेको उनको भनाई थियो ।

अध्यक्ष ओलीले किसानको जमिन लिएर सरकारले केही नगरी बस्न नमिल्ने भन्दै यो समस्या आफूले बुझेको बताए । रेल–वे भन्दा बाहिरको जग्गा पनि रोक्का भएको र त्यो अहिलेसम्म फुकुवा नभएको विषयमा आफू जानकार रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

उनले झापाको कमल गाँउपालिका, दमक र गौरादह नगरपालिका क्षेत्र समेटेर बन्ने दक्षिण एशियाकै सबैभन्दा ठूलो नेपाली चीन मैत्री औधोगिक पार्कको जग्गाको मुआब्जा बितरणको समस्या पनि हल गर्ने प्रतिबद्धता जनाए । लाखौंलाई रोजगार दिनसक्ने औधोगिक पार्क बन्ने भएकाले आएका समस्याहरुलाई समाधान गरेर अघि बढनुपर्नेमा आफू प्रष्ट रहेको अध्यक्ष ओलीको भनाइ छ ।

झापामा मात्र होइन देशभर विकासको लहर ल्याउने उनको दाबी थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ३ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा