१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

कालीकोटमा बम विस्फोट, दुई जना मृत्यु , तीन घाइते



कालीकोट । कालीकोटमा शनिबार बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ ।

उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका–१० रानावाडाकी ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

यस्तै, ४ वर्षकी सरस्वती रानाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार बम नयाँ वा पुरानो हो भन्नेबारे अनुसन्धान भइरहेको छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

घटनास्थलमा स–साना फलामका टुक्रा भेटिएकाले सकेट बम हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा शंका गरिएको छ । मुख्य सडकभन्दा पर विस्फोट भएकाले बम पुरानै हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । बालबालिकाले नयाँ कुरा देखेर ढुंगा हान्दा बम विस्फोट भएको उनको भनाइ छ ।

घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकालाई थप उपचारका लागि सुर्खेतको प्रादेशिक अस्पताल पु¥याएको छ ।

स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा विस्फोट भएको जानकारी दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  २ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको