३० बैशाख २०८३, बुधबार । May 13, 2026

कालीकोटमा बम विस्फोट, दुई जना मृत्यु , तीन घाइते


१२ कार्तिक २०७९, शनिबार  

12
Shares

कालीकोट । कालीकोटमा शनिबार बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ ।

उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका–१० रानावाडाकी ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

यस्तै, ४ वर्षकी सरस्वती रानाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार बम नयाँ वा पुरानो हो भन्नेबारे अनुसन्धान भइरहेको छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

घटनास्थलमा स–साना फलामका टुक्रा भेटिएकाले सकेट बम हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा शंका गरिएको छ । मुख्य सडकभन्दा पर विस्फोट भएकाले बम पुरानै हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । बालबालिकाले नयाँ कुरा देखेर ढुंगा हान्दा बम विस्फोट भएको उनको भनाइ छ ।

घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकालाई थप उपचारका लागि सुर्खेतको प्रादेशिक अस्पताल पु¥याएको छ ।

स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा विस्फोट भएको जानकारी दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  २ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली