५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

चितवनमा निजीस्तरको क्यान्सर अस्पताल सञ्चालनमा



चितवन । जिल्लामा निजीस्तरको पहिलो क्यान्सर अस्पताल सञ्चालनमा आएको छ ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाको रुपमा सिएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी एक सय शय्याको इन्स्टिच्युट स्थापना गरिएको हो । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा सुरु गरिएको छ ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा हरिश्चन्द्र न्यौपानेका अनुसार सेवा सुरु गरिएको भए पनि औपचारिक उद्घाटन मङ्सिरमा गरिने छ । अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण अस्पतालमा ल्याएर जडान गरिएको डा न्यौपानेले जानकारी दिए। उपकरणमा मात्रै रु एक अर्ब २७ करोड बढी खर्च भइसकेको उनले जानकारी दिए ।

दैनिक एक सय जनासम्मलाई रेडियसन सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ । क्यान्सर उपचारकै लागि अस्पतालले छ तले भवन निर्माण गरेको छ । इन्ष्टिच्युटका रेडियसन अङ्कोलोजिष्ट डा सुवास ठाकुरले टाउकोभित्रको ट्युमरलाई बिना शल्यक्रिया उपचार गर्ने प्रविधि पनि ल्याएको बताए ।

उनका अनुसार ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि इन्ष्टिच्युटमा ल्याइएको छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ । जिल्लामा ल्याइएका क्यान्सरका बिरामीलाई अन्यत्र जान नपर्ने गरी सेवा दिइने प्रबन्ध निर्देशक न्यौपानेले बताए ।

उनले क्यान्सरका ५० प्रतिशतभन्दा बढी बिरामी उपचारका लागि भारत जाने गरेको भन्दै अस्पतालमा भारत, अमेरिका र चीनमा काम गरिरहेकासमेत १६ क्यान्सरका विशेषज्ञ चिकित्सक रहने जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ११ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दाङमा भारतीय पर्यटक बोकेको बस दुर्घटनाः २१ जना घाइते

दाङ । भारतको लखनउबाट पर्यटकीय भ्रमणका लागि पोखरा जाँदै गरेको

सुनको चमकमा हल्का ओझ-आजको बजार मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरूपमा घटेको छ।

सुन कमजोर, चाँदी बलियो !

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट

गभर्नरमा डा.गुणाकर भट्ट ! चुनौतीपूर्ण अर्थतन्त्रमा विश्वासिलो हात

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि सत्तारूढ गठबन्धन

चीनको चेतावनी: “अर्थहीन करले व्यापार युद्ध मात्र बढाउँछ”

एजेन्सी । चीनले अमेरिकाद्वारा गरिएको कर वृद्धिको कडा आलोचना गरेको