२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

प्रेम गित ३ को निर्माण टिमले गर्यो बालगृहका बालबालिकालाई सहयोग

एक बर्षको स्कुल फि र लत्ताकपडा उपलब्ध गराउने


८ कार्तिक २०७९, मंगलबार  

6
Shares

काठमाडौं । ‘प्रेम गीत ३’ को टिमले आफ्नो फिल्मको सफलता र खुसी फरक परिवेशमा अनि फरक व्यक्तिहरुका साथमा मनाएको छ ।

चलचित्र टिमले बुढानिलकण्ठमा रहेको बाल गृह महासंघ नेपालमा बस्दै आएका ५५ जना बाल बालिकाहरुको साथमा देउसीभैलो खेली, उनीहरु सँगै बसेर खानपान खुशी साटासाट् गरी मनाएका हुन । यो अबसरमा टिमले बालगृहमा बस्दै आएका सम्पुर्ण बालबालिका हरुलाई १ बर्षसम्म लाग्ने स्कुल फि, उनीहरु सबैका लागि लत्ताकपडा, सिरक तथा डसना प्रदान गरेको छ ।

तिहारको लक्ष्मीपूजाको दिनको अवसर पारेर अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिष्टिना गुरुङ, निर्माता तथा निर्देशक सन्तोष सेन लगायत प्रेमगीत ३ को टिम बालगृह पुगेको थियो । सोही अवसरमा आशुसेन फिल्म्सले बालगृहको जीर्ण भवनको मर्मतसम्भार तथा रंगरोगन पनि गरिदिएको थियो ।

निर्माता सेनले विज्ञप्तिमा भनेका छन्, ‘यो उत्सव कुनै फाइभस्टार होटलको भन्दा कम थिएन । बालगृह महासंघको भवन जीर्ण अवस्थामा थियो, हाम्रो टिमले घरलाई मर्मतसम्भार गरेर रंगरोगन गरेर उज्यालो पार्दै गर्दा छुट्टै किसिमको खुसी प्राप्त भएको छ,।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ४ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ