३० चैत्र २०८१, आइतबार । April 13, 2025

तिहारमा मौसम सफा रहने



काठमाडौं । मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो ।

असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर वर्षा भयो । यतिखेर तिहारको माहोल चलिरहेको छ । तर मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार निकै उल्लासमय हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तिहारमा मौसम सफा रहने जनाएको हो ।

महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले वर्षा गराउने कुनै मौसमी प्रणाली विकसित नभएकाले यो पटकको तिहारमा मौसम सफा रहने बताए। वर्षाका कारण दसैँमा आफन्त मान्यजनकहाँ टीका लगाउन जाने र विभिन्न गन्तव्यमा पुग्नेलाई निकै सास्ती दियो । पाकेको धानबालीमा पनि क्षति पुर्‍यायो, बाढी, पहिरो र डुबानका घटना पनि भए ।

त्यतिमात्रै होइन, शरद ऋतुको मुख्य पर्यटकीय सिजन पनि चलिरहेकामा वर्षाले आन्तरिक तथा बाह्य पर्यटनलाई पनि असर पुग्यो । तिहार आउन एक साताअघिदेखिनै देशैभरको मौसम सफा रहेको छ । महाशाखाको पछिल्लो विवरणमा अहिले देशका पहाडी भेगमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कति छ आइतबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको एकको

एनएसएल:ललितपुर प्लेअफमा पुग्ने पहिलो टोली, बुटवल प्रतियोगिताबाट बाहिर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित

गुजरातको चार खेलको विजयी लयमा लखनउको झड्का

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अन्तर्गत शनिबार भएको

हैदराबादले रच्यो इतिहासः अभिषेक शर्माको शतकले दिलायो रोमाञ्चक जित

शनिबार राजीव गान्धी स्टेडियममा आयोजित आईपीएल खेलमा सनराइजर्स हैदराबादले पन्जाब

धार्मिक उल्लासबीच हिंसात्मक मोड, वीरगञ्जमा कर्फ्यु लागू

वीरगञ्ज, पर्सा । शनिबार वीरगञ्जमा हनुमान जन्मोत्सवको अवसरमा आयोजना गरिएको