४ बैशाख २०८२, बिहिबार । April 18, 2025

३१ महिनामा पूरा हुने डिपिआर छ वर्षमा पनि निर्माण भएन



जाजरकोट । एकतीस महिनाभित्र डिपिआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिएकामा छ वर्ष बित्दासम्म काम पूरा हुनसकेको छैन ।

सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अष्ट्रेलियाको स्नोइ माउन्टेन इञ्जीनियरिङ कर्पोरेशन (स्मेक), एमडब्ल्युएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो । पटक–पटक म्याद थप्दा पनि डिपिआरको काम पूरा नभएपछि जाजरकोटका बासिन्दा आक्रोशित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । द्युत् उत्पादनगृहमा माटो जाँचका लागि खनिएको सुरुङको काम बीच–बीचमा छोड्दै निर्माण गर्दा ढिला भइरहेको छ ।

अब तीन सय ५५ मिटर सुरुङमध्ये अहिलेसम्म तीन सय ५२ मिटर मात्र खनिएको र बाँकी एक हप्ताभित्र पूरा हुने उक्त आयोजनाका इञ्जीनियर पदम थापाले बताए। आयोजनको वातावरणीय प्रभाव मूल्याङ्कन वन मन्त्रालयमा अध्ययन भइरहेको, स्मेकलाई डिपिआरको काम छिटो सक्न पटक–पटक म्याद थपेर काम गराइरहेको र असारसम्म त्यो सबै रिपोर्ट आइसक्ने उनले जानकारी गराए । उक्त नगरपालिकाको वडा ७ स्थित दल्लीमा विद्युत्गृह र बारेकोट गाउँपालिका–८ को अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ ।

उक्त नगरपालिकास्थित नलगाड खोला र ठूलीभेरीको दोभान नजिकै भूमिगत पावरहाउस निर्माण गरिने जनाइएको छ । बारेकोटको अँधेरीखोलाबाट दल्लीसम्म साढे आठ किमी लामो मुख्य सुरुङ र दुईदेखि तीन किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ बनाइने भएको छ । पाँच सय मिटर लामो र दुई सय ४८ मिटर अग्लो बाँध बनाइने छ । जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुने बताइएको छ । आयोजनामा चारवटा टर्बाइन राखिने छन् ।

प्रत्येक टर्बाइनबाट १०४दशमलव २५ मेगावाट विद्युत् उत्पादन हुनेछ । योजनाबाट एक वर्षमा एक हजार दुई सय ३२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुन्छ । आयोजनाबाट उत्पादित विद्युत् चार सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत कोहलपुर सबस्टेशनमा जोड्ने योजना छ । आयोजनास्थलबाट कोहलपुरसम्म एक सय १२ किमी लामो प्रसारण लाइन निर्माण भइरहेको छ । आयोजनाले असर पर्ने क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गरिसकेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक समुदायलाई परीक्षा बोर्डको अपिल-कक्षा १० परीक्षण र कक्षा १२ व्यवस्थापनमा सहयोग गरौं

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न कक्षा १० को

अमेरिकाबाट डिपोर्ट, भुटानबाट भगौडा, नेपालमा थुनामा-सर्वोच्चले भन्यो: निकाला नगर !

काठमाडौँ । थुनामा रहेका चार भुटानी नागरिकलाई तत्काल देश निकाला

“हेर्दाहेर्दैमा” राखियो बहुचर्चित मुद्दा: पूर्वप्रधानमन्त्रीहरू अब जोगिन सक्लान् ?

काठमाडौं । ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार

पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित

काठमाडौं । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका शिलापत्र डटकमका

वैशाख ७ मा राप्रपाको राप! लिङ्देन भन्छन् – निषेधित क्षेत्रमै हुन्छ निर्णायक लडाइँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख