४ बैशाख २०८३, शुक्रबार । April 18, 2026

एशियाली मुलकै पहिलो बेलायती प्रधानमन्त्री सुनक

संसद प्रवेशको ७ बर्षमै सुनक बने बेलायको प्रधानमन्त्री


८ कार्तिक २०७९, मंगलबार  

36
Shares

काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्रीमा भारतीय मूलका ४२ बर्षीय ऋषि सुनक निर्विरोध निर्वाचित भएका छन् ।

सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन । लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो ।

मोर्डन्टले पूर्व वित्तमन्त्रीसमेत रहेका सुनकलाई आफ्नो सहयोग रहने बताएकी छन् । सुनक बेलायतका प्रधानमन्त्री पदमा पुगेसँगै धेरैवटा रेकर्ड राखेका छन् । भारतीय मूलका मात्र हैन उनि एशियाली मुलकै पहिलो बेलायती प्रधानमन्त्री बनेका छन् । त्यतिमात्र हैन, बेलायतको उच्च पदमा पुग्ने पहिलो हिन्दु पनि ऋषि नै हुन् ।

उनका अभिभावक अफ्रिका हुँदै बेलायत आएका भारतीय मूलका आप्रवासी हुन् । सन् १९८० मे १२ मा इंल्याण्डको साउथह्याम्टनमा जन्मेका ऋषिले अक्सफोर्ड बिश्वबिद्यालयबाट बि.ए र स्टाण्डफोर्ड बिश्वबिद्यालयबाट एम.बि.ए गरेका छन् । भारतीय सूचना प्रबिधि कम्पनी इन्फोसिसका लगानीकर्ता नारायण मूर्थीकी छोरीसँग बिबाह गरेका ऋषिको जोडी बेलायतका धनी दम्पत्तिमध्ये पर्छन जसको सम्पत्ति ७ सय ३० मिलियन पाउण्ड रहेको छ ।

उनको करियरको सुरुवात सन् २००१ मा गोल्डम्यान सचमा बिश्लेषकका रुपमा भएको थियो । सन् २००४ देखि १५ सम्म बिभिन्न हेज फण्डहरुमा उनले व्यवस्थापकका रुपमा रुपमा कार्य गरेका थिए । सन् २०१५ मा पहिलोपटक राजनीतिमा प्रवेश गरेका ऋषिको राजनीतिक करियर जम्मा ८ बर्षको छ ।

सन् २०१५ मा रिचमण्डबाट सांसद निर्वाचित भए यता उनले निरन्तर बेलायती राजनीतिको भर्याङ तिब्र गतिमा चढ्दै गए । संसद प्रवेश गरेको ७ बर्षमै बेलायतमा प्रधानमन्त्री बन्नु सुनकका लागी सामान्य बिषय भने होईन । सन् २०१८ मा स्टेट डिपार्टमेन्टको उपमन्त्री भएका ऋषि टेरेशा मेको कार्यकालमा अर्थमन्त्री समेत बनेका थिए ।

बोरिस जोन्सनको कार्यकालमा चान्सलर बनेका ऋषिले कोभिडकालमा अर्थतन्त्र चलायमान बनाउने कार्यमा जोन्सनको टीममा बसेर मुख्य भूमिका खेलेका थिए । पूर्वअर्थमन्त्री समेत रहेका सुनकले लकडाउनका बेला अर्थतन्त्रलाई गतिशील राख्ने प्रयासमा ठूलो रकम खर्च गर्नुपर्यो जसकारण खासै चर्चामा नरहेका उनले लोकप्रियता बटुल्न समेत सफल भएका थिए ।

बोरिस जोन्सनले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको दौडमा देखिएका ऋषि लिज ट्रससँग पराजित भए । तर, ४५ दिनमै ट्रसले राजीनामा दिएपछि अन्ततः ऋषिले प्रधानमन्त्रीको दौड जितेका छन् । पछिल्ला महिनामा बेलायती प्रधानमन्त्रीले अबलम्बन गरेका आर्थिक नीतिको उनी कट्टर आलोचक थिए ।

तर अब पछिल्लो समय विग्रदैँ गएको बेलायतको अर्थतन्त्र सुधार गर्नुपर्ने मुख्य जिम्मेवारी नव नियुक्त प्रधानमन्त्री सुनकको काँधमा आएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित