२९ चैत्र २०८१, शनिबार । April 13, 2025

नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ फेला



काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट फेला परेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताए । उनका अनुसार देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज २४ गतेसम्म कोरोना भाइरस भएका सङ्क्रमितबाट नमूना सङ्कलन गरेर जिनोमिक पहिचान गर्दा ओमिक्रोन सबभेरियन्ट ‘एक्सबिबी’ पत्ता लागेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती नमूनाको परीक्षण गरिएको थियो । मन्त्रालयले तिहार र छठपर्वजस्ता चाडपर्वमा सङ्क्रमण फैलिनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ । अहिले दैनिक ५० जनाको हाराहारीमा कोरोना भाइरसका बिरामी भेटिरहेका छन् ।

मन्त्रालयले मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र बेलाबेलामा साबुनपानीले हात धुन आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ६ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिद्धबाबा मन्दिर नजिक पहिरोले कार च्याप्यो, यात्रु सकुशल

बुटवल । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको एक कार सिद्धार्थ राजमार्गमा

नेपाल र हङकङबीच टी–२० भिडन्त आज, फाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल आज

भियतनामका १८० बौद्ध धर्मावलम्बी विशेष चार्टर विमानमार्फत लुम्बिनी दर्शनमा

काठमाडौँ । भियतनामका १८० जना बौद्ध धर्मावलम्बीहरू विशेष चार्टर विमानमार्फत

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक