१९ माघ २०८१, शनिबार । February 2, 2025

तिहारमा राष्ट्रपतिको शुभकामना सन्देश



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान चाड तिहार, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना व्यक्त गरिएको छ । शुभकामना सन्देशमा भनिएको छ, ‘तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वासका साथ पुनः तिहार पर्व, २०७९ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ पौराणिक, सांस्कृतिक र व्यावहारिक महत्व बोकेको तिहार प्रकाशको पर्व पनि हो ।

त्यसैले तिहारलाई हामी दीपावलीका नामबाट समेत जान्दछौँ । उज्यालो आफैँमा प्रेरणाको विम्ब हो । दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना उनले गरेकी छन् । ‘तिहार पर्वले एकातिर प्रकृति, मानव र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्दछ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउँदछ’, सन्देशमा भनिएको छ, ‘तिहारका अवसरमा खेलिने देउसी–भैलोको दक्षिणाबाट संकलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल परम्परासमेत रहेको छ ।’

राष्ट्रपति भण्डारीले असल परम्परा र अभ्यासले नेपाली संस्कृतिलाई जोगाउने तर बढ्दो उपभोक्तावादी प्रवृत्तिका कारण चाडबाड मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनका साथै तिहारलाई जुवा–तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने हामीले क्रमशः हटाउँदै जानुपर्नेमा जोड दिएकी छन् । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीको ठूला चाडमध्ये एक महत्वपूर्ण र मौलिक चाडको रूपमा रहेको छ ।

यमपञ्चकका रूपमा समेत जानिने तिहार पर्वभित्र काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहारजस्ता विशिष्ट तिहार समेटिएका छन् । यस पर्वको अवसरमा धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा अर्चना गरी दीपावली गर्ने र दिदीबहिनीद्वारा दाजुभाइलाई सप्तरंगी टीकाका साथै सयपत्री र मखमली फूलको माला लगाई पूजा गरिनुका साथै देउसी–भैलो खेल्ने परम्परा रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महाकुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौं । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी

बिदा भए नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक मोन्टी देसाई

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी

त्रिकोणात्मक टी-२०ः थाइल्याण्डसँग ४ विकेटले पराजित भयो नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको