३० बैशाख २०८२, मंगलबार । May 13, 2025

गठबन्धन रहर होईन आवश्यकता हो : देउवा



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पारृेका छन् ।

सोमबार वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले ठूलो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताए । संविधानअनुसार सबैले आफ्नो हकअधिकारका लगि आवाज उठाउने समावेशी जनताको प्रतिनिधि थलो सबै तहका सरकारमा बनेको उनले बताए ।

यसलाई भोलिका दिनमा अझ समृद्ध र परिष्कृतरुपमा अघि बढाउनसके सच्चा मानेमा संविधान कार्यान्वयन हुने उनको भनाई थियो । प्रधानमन्त्री देउवाले गठबन्धन आवश्यकताले बनेको बताउँदै यो अपरिहार्य थियो, छ र रहनेछ उनले बताए ।

विगतमा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी बीच विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर भई मुलुकमा सदाका लागि शान्ति स्थापना भएको बताउँदै प्रधानन्त्री देउवाले अब देश विकासको बाटोमा अघि बढ्नेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ५ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

राष्ट्रिय शैक्षिक परामर्श सङ्घ लुम्बिनी प्रदेशद्वारा टेबल क्यालेन्डर विमोचन

बुटवल । राष्ट्रिय शैक्षिक परामर्श सङ्घ, लुम्बिनी प्रदेशद्वारा आयोजित टेबल

काभ्रे प्रि-मनसुन बाढीः आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध

काठमाडौं । काभ्रेको माप्तीस्थित रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको

युद्धविरामपछि आईपीएल फेरि सुरु, जेठ ३ देखि बाँकी खेल संचालन हुने

एजेन्सी । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावका कारण स्थगित इन्डियन प्रिमियर

काभ्रे प्रि–मनसुन बाढीः बेपत्ता महिलाको अवस्था अझै अज्ञात

काठमाडौं । काभ्रे जिल्लामा सोमबार अपराह्न आएको आकस्मिक बाढीले एक

पाकिस्तानी सेनाप्रमुखको चेतावनीः भारतले हामीलाई तर्साउन सक्दैन

एजेन्सी । भारतसँग चुलिँदै गएको तनावको पृष्ठभूमिमा पाकिस्तानी सेनाप्रमुख जनरल