३० बैशाख २०८२, मंगलबार । May 13, 2025

अबको ध्यान गरिबी निवारणमा : सञ्चारमन्त्री कार्की



सुनसरी । सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टि जेसीजले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताएका हुन । उनले सुनसरी–४ का साथै देशको समग्र विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाका लागि योजना बनाएर अगाडि बढनेमा जोड दिए ।

नेपाली कांग्रेससहित लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट प्रतिनीधिसभा सुनसरी–४ का उमेदवारसमेत रहेका मन्त्री कार्कीले २०७४ सालको निर्वाचनमा आफूले जनता सामु गरेको प्रतिबद्धता धेरैजसो पूरा गरेको जानकारी दिए । यस क्षेत्रको शिक्षा, स्वास्थ्य, विद्युत, भौतिक निर्माणकार्य पाँच वर्षमा गरेको बताउँदै अब गरिबी निवारण र रोजगारी सृजनालाई प्राथमिकता दिने उल्लेख गरे ।

देशको विकासका लागि पर्यटन, ऊर्जा, उद्योग, कृषिसहित सूचना प्रविधिको समेत महत्पपूर्ण भूमिका हुने भएकाले यससँगै अरु कामलाई अगाडि बढाउने प्रतिवद्धता उनले व्यक्त गरे । उनले यस क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा सूचना प्रविधिको र पेपरलेस प्रविधिकार्य आफनै पहलमा हुन लागेको जानकारी समेत दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हङकङसँग ७ विकेटले पराजित भयो नेपाल, ग्लोबल छनोट यात्रा कठिन

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको आजको खेलमा

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ९ अर्ब नाघ्यो

काठमाडौं । नेपाल शेयर बजार मङ्गलबार पुनः दोहोरो अंकले घट्दै

महिला टी–२० विश्वकप छनोटः नेपालले हङकङलाई दियो ३० रनको लक्ष्य

काठमाडौं । थाइल्यान्डको एआईटी मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप

रोशी खोलाको बाढीले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि १५ घण्टा अवरुद्ध

साफ यू-१९ः सेमिफाइनल पुगिसकेको नेपाल र भारत भिड्दै

काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले