१ जेष्ठ २०८२, बुधबार । May 15, 2025

निःशुल्क शववाहन सेवा सुरु



कैलाली । कैलालीको टीकापुरमा शववहान सेवा निःशुल्क गरिएको छ ।

टीकापुर अस्पतालको शववहानले अब शव बोकेको शुल्क नलिने सहमति गरेको हो । शव बोकेबापत अस्पतालले पाउने शुल्क अब तुल्सी ट्रेड लिङ्क प्रालिले बेहोर्ने भएको छ । प्रालिले वर्षभरिको लाग्ने शुल्क तिरिदिने भएपछि अब शववाहन निःशुल्क उपयोग गर्न पाउने भएका हुन् ।

डेढ वर्षअघि ह्युमानिटी फाउण्डेशन र टीकापुर सरोकार समूहको केही सहयोग र आह्वानमा आर्थिक सहयोग जुटाएर शववाहन खरिद भएको थियो ।  ट्रेड लिङ्कले शववाहन किन्दा पनि सहयोग गरेको र निःशुल्क होस् भन्ने उद्देश्यले सहयोग गरेको बताएको छ ।

तुल्सी ट्रेड लिङ्कका सञ्चालक तथा टीकापुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष पर्शुराम चपाईले हुने खाने जटिल समस्या भए रेफर भएर अन्यन्त्र उपचारमा जान्छन्, आर्थिक अवस्था कमजोर भएका यही सेवा लिन्छन् । उनीहरु मर्दा पनि शुल्क तिर्नुपर्ने अवस्था देखेर सहयोगको भावना आएको बताए ।

उनले एक वर्षका लागि सम्झौता गरेको र कार्यान्वयन राम्रो भएमा आउँदा वर्षमा पनि सहयोग रहने बताए । कोरोना महामारी फैलिएका बेला अस्पताललाई हस्तान्तरण भएको शववाहन सञ्चालन गर्न सरकारी अनुदान नपाइने र अस्पतालको आन्तरिक आयले खर्च धान्न नसक्ने भएपछि अस्पतालले शुल्क लगाएको थियो ।

अब टीकापुर र लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिकाभित्र लैजाँदा शववाहनको शुल्क नलाग्ने भएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ९ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कति पुग्यो कारोबार रकम ?

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बुधबार पनि जारी

पुम्दिकोटमा नगर बस दुर्घटनाः २० यात्रु घाइते, ४ को अवस्था गम्भीर

पुम्दिकोट । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा बुधबार दिउँसो नगर बस दुर्घटना

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पुनः ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको

क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले नेपाल

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा