१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

बेलायत

प्रधानमन्त्रीको दौडबाट पछि हटे जोनसन


७ कार्तिक २०७९, सोमबार  

6
Shares

ऐजेन्सी । बेलायती पुर्वप्रधानमन्त्री बोरिस जोनसनले प्रधानमन्त्री लिज ट्रसलाई प्रतिस्थापन गर्ने दौडबाट बाहिरिने निधो गरेका छन् ।

जोनसनले १०२ सांसदको समर्थन आफुलाई रहेको भएपनि आगामी चुनावमा जित निश्चित रहेको तर यो सहि समय नरहेको भन्दै प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेका हुन् । १०२ सांसदको साथ रहेको दावीका विच पुर्वप्रधानमन्त्री जोनसनलाई ५७ सांसदले मात्रै सार्वजनिक रुपमा समर्थन् गरेका छन् ।

यसैबिच प्रधानमन्त्रीका आकांक्षी ऋषि सुनकले जोनसन प्रति कृतज्ञता वयक्त गर्दै उनले कोभिड नियन्त्रणका लागि गरेको काम अविस्मरणिय रहेको बताएका छन् । युक्रेन–रसिया युद्धका बेला जोनसनले निभाएको भुमिकाको पनि सुनकले खुलेर प्रसंसा गरेका छन् ।

सुनकलाई १०० सांसदको समर्थन रहेको तर यसलाई उनले हल्कामा नलिएको उनको चुनाबी अभियानको एक श्रोतले जनाएको छ । गत महिना भएको कन्जर्भेटिभ नेतृत्व छान्ने निर्वाचनमा दोस्रो भएका उनले चुनावी प्रचारप्रसारका क्रममा आफ्नी प्रतिस्पर्धीको योजनाहरूले यूकेको अर्थतन्त्र बिगार्ने तर्क गरेका थिए । तर पार्टी सदस्यहरूलाई आश्वस्त पार्न उनी विफल भएका थिए ।

उनले लिज ट्रसभन्दा २१ हजार मत कम पाएका थिए । पूर्वअर्थमन्त्री समेत रहेका सुनकले लकडाउनका बेला अर्थतन्त्रलाई गतिशील राख्ने प्रयासमा ठूलो रकम खर्च गर्नुपर्यो जसकारण खासै चर्चामा नरहेका उनले लोकप्रियता बटुल्न समेत सफल भएका थिए ।

हाल बेलायतको प्रधानमन्त्रीका पदका आकांक्षी रहेका पेनी मोर्डन्ट, बेन वालेस, केमी बडेनोच, सुएला ब्राभर्मन चुनावी दौडमा छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था