२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

प्रधानसेनापति शर्मा र राष्ट्रसङ्घका सैनिक सल्लाहकार डोयपबीच भेटवार्ता



काठमार्डौ । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घ मुख्यालका सैनिक सल्लाहकार जनरल विरामे डोयपबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनिहरुबीच भएको भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पु¥याएको योगदानबारे छलफल भएको थियो । उनिहरुबीच आगामी दिनमा नेपाली शान्ति सैनिकको आवश्यकता र सहभागिताबारे समेत विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा जनरल डोयपले नेपाली शान्ति सैनिकले विभिन्न शान्ति मिसनमा रही पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि सोको निरन्तरता हुने विश्वास व्यक्त गरे । प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसङ्घबाट हालसम्म प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै सेना अझ पेसेवर रुपमा प्रभावकारी ढङ्गबाट शान्ति मिसनहरुमा खटिने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रसङ्घ स्थापना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको दुईदिने विशेष कार्यक्रममा सहभागी हुन डोयप नेपाल आएका थिए । राष्ट्रसङ्घका उच्चस्तरीय प्रतिनिधिको भ्रमण र भेटले नेपाली शान्ति सैनिकले विश्व शान्ति स्थापनामा पु¥याएको योगदानको अन्तर्राष्ट्रियजगतबाट उच्च मूल्याङ्कन हुने विश्वास सेनाले लिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ५ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव