१९ माघ २०८१, शनिबार । February 1, 2025

विभिन्न शर्तसहित प्याराग्लाइडिङलाई उडान अनुमति



काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा प्याराग्लाइडिङ दुर्घटनामा परि खेलाडीको मृत्यु भएपछि स्थगित भएको उडान आइतबारदेखि पुनः सञ्चालनमा आएको छ ।

आईतबार विभिन्न ५ शर्तहित नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानअनुमति दिएको हो । प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।

प्राधिकरणले तोकेको उडान क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलटले हरेक १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक र कम्पनी र पाइलटको नाम स्पष्ट हुनुपर्ने लगाएतका शर्तहरु राखिएको छ ।

प्राधिकरणले पाइलटको रिफ्रेसर एडभान्स टेन्डम तथा आपतकालीन अवस्थामा उद्धार गर्न प्रयोगात्मक तालिम वर्षको एकपटक गर्नैपर्ने शर्त पनि राखेको छ । साथै व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ‘एयर वर्दिनेस इन्सपेक्टर’ को रोहवरमा परीक्षण गराउनुपर्ने छ ।

असोज ३० गते नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाल आर्मिका निसिम थापाको मृत्यु भएपछि प्राधिकरणले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि स्थगन गरेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महाकुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौं । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी

बिदा भए नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक मोन्टी देसाई

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी

त्रिकोणात्मक टी-२०ः थाइल्याण्डसँग ४ विकेटले पराजित भयो नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको