४ बैशाख २०८२, बिहिबार । April 17, 2025

आगो लगाउने ७२ जना कारबाहीको दायरामा



एजेन्सी । पोर्चुगलमा जङ्गलमा आगो लगाउने अपराध गरेका ७२ जनालाई यसवर्ष पक्राउ गरी कारबाही गरिएको छ ।

यहाँको सरकारले जङ्गलमा आगो लगाउने व्यक्तिहरुलाई कडा कारबाही गर्ने गरेको बताइएको छ । शनिबार यहाँको नेसनल रिपब्लिकन गार्ड (जिएनआर) का एक अधिकारीले उक्त कुराको जानकारी दिएका हुन् । उनका अनुसार पोर्चुगलमा सन् २०२१ मा अर्थात् अघिल्लो वर्ष ५२ जनालाई पक्राउ गरी कारबाही गरिएकामा यसवर्ष ३८ प्रतिशतले बृद्धि भई देशव्यापी रुपमा ७२ जनालाई पक्राउ गरिएको थियो ।

जङ्गलमा आगो लगाउने अपराध गर्ने व्यक्तिलाई पोर्चुगल सरकारले विशेष रुपमा खोज्ने गर्दछ । सरकारले यसवर्ष एक हजार एक सयभन्दा बढी व्यक्तिमा अनुसन्धान गरेर ती व्यक्ति भेटेको जनाएको थियो । उनीहरुमा गरिएको अनुसन्धानबाट ७२ जना दोषी पाइएको जनाइएको छ ।

यस वर्ष आगलागीबाट पोर्चुगलको कम्तीमा पनि एक लाख ११ हजार हेक्टरभन्दा धेरै जमिनको बन जङ्गल ध्वस्त भएको छ । यो सन् २०१७ पछिको सबैभन्दा धेरै आगलागी हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं । चर्चित ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोप

बर्दघाट योग शिविर : तेस्रो दिनको प्रशिक्षण जीवनकला गौतम भुसालबाट सम्पन्न

नवलपरासी । बर्दघाट नगरपालिका– ७ स्थित त्रिनेत्रज्येष्ठ नागरिकदिवा सेवाकेन्द्रको आयोजनामा

लाख ९० हजार नाघ्यो सूनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो उछाल आएको

इन्फोडेभलपर्स र वन पोइन्टबीच डिजिटल बैंकिङ सशक्तिकरणका लागि सहकार्य

काठमाडौं । नेपालको प्रख्यात सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रा.लि.

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग