१ जेष्ठ २०८२, बुधबार । May 14, 2025

१९ औँ काग सम्मेलन सम्पन्न



काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा १९ औँ ‘काग सम्मेलन’ सम्पन्न भएको छ ।

काग तिहारका अवसरमा शान्तिबाटिकामा आईतबार बिहान काग बोलाएर १९ औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलाल (कागे) ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारेका थिए । दुलालले विगत १८ वर्षदेखि हरेक बर्ष काग तिहारको अवसर पारि शान्तिबाटिकामा काग सम्मेलन गर्दै आएका छन् ।

यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वासका साथ यमपञ्चकको पहिलो दिन कागलाई पुजा परम्परा रहि आएको छ । काग सम्मेलनमा दुलालले यस बर्षको काग सम्मेलनको सन्देश ६० कटेका वृद्ध नेताहरुको बिदाई र युवाहरुलाई अवसर भन्ने रहेको बताए ।

उनले आगामी वर्ष काग सम्मेलन गरेको २० वर्ष पुग्ने र सो अवसरमा टुँडिखेल वा नारायणटहिटीमा ठूलो कार्यक्रम गर्ने पनि उल्लेख गरे । उनले केही समयपछि काग सम्मेलन गरी सिंहदरबार र संसद भवन अवरोध गर्ने सोच रहेको पनि बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा

त्रिकोणात्मक सिरिज खेल्न स्कटल्याण्ड जाने नेपाली टोलीको बिदाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई स्कटल्याण्डमा आयोजना हुने आईसीसी

बुधबारको सुनचाँदी बजार : सुनको भाउ बढ्यो, चाँदी सस्तो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको

जेठ महिनाका लागि बैंकको ब्याजदरः अधिकांशको स्थिर, केहीमा सामान्य घटबढ

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक

‘नेपालमा कृषि बीमा’सम्बन्धी पुस्तक बजारमा

काठमाडौं । नेपालमा कृषि बीमाको विकासबारे जानकारी मुलक ‘नेपालमा कृषि