२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

१९ औँ काग सम्मेलन सम्पन्न


६ कार्तिक २०७९, आइतबार  

9
Shares

काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा १९ औँ ‘काग सम्मेलन’ सम्पन्न भएको छ ।

काग तिहारका अवसरमा शान्तिबाटिकामा आईतबार बिहान काग बोलाएर १९ औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलाल (कागे) ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारेका थिए । दुलालले विगत १८ वर्षदेखि हरेक बर्ष काग तिहारको अवसर पारि शान्तिबाटिकामा काग सम्मेलन गर्दै आएका छन् ।

यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वासका साथ यमपञ्चकको पहिलो दिन कागलाई पुजा परम्परा रहि आएको छ । काग सम्मेलनमा दुलालले यस बर्षको काग सम्मेलनको सन्देश ६० कटेका वृद्ध नेताहरुको बिदाई र युवाहरुलाई अवसर भन्ने रहेको बताए ।

उनले आगामी वर्ष काग सम्मेलन गरेको २० वर्ष पुग्ने र सो अवसरमा टुँडिखेल वा नारायणटहिटीमा ठूलो कार्यक्रम गर्ने पनि उल्लेख गरे । उनले केही समयपछि काग सम्मेलन गरी सिंहदरबार र संसद भवन अवरोध गर्ने सोच रहेको पनि बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ