३० बैशाख २०८२, मंगलबार । May 13, 2025

सुर्खेत र कैलालीमा आज सत्ता गठबन्धनको चुनावी सभा



काठमाडौं । सत्तारुढ गठबन्धनले आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा चुनावलक्षित संयुक्त भेला गर्दैछ ।

सुदूरपश्चिमको धनगढीमा बिहान ११ बजे हुने कार्यक्रमको नेकपा माओवादीले समन्वय गर्नेछ । यस्तै कर्णालीको सुर्खेतमा हुने भेला नेपाली कांग्रेसको समन्वयमा हुँदैछ । दुवै ठाउँको भेलालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। भेलामा सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता धनगढी र सुर्खेत पुग्दैछन् ।

शुक्रबारदेखि प्रदेशस्तरीय संयुक्त भेला सुरु गरेको गठबन्धनले प्रदेश १, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा भेला गरिसकेको छ।सोमबार माओवादी केन्द्रको समन्वयमा काठमाडौंमा संयुक्त भेला गर्ने तयारी छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्वकप यात्राः हङकङसँगको निर्णायक भिडन्तमा नेपाल आज मैदान उत्रँदै

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज

राष्ट्रिय शैक्षिक परामर्श सङ्घ लुम्बिनी प्रदेशद्वारा टेबल क्यालेन्डर विमोचन

बुटवल । राष्ट्रिय शैक्षिक परामर्श सङ्घ, लुम्बिनी प्रदेशद्वारा आयोजित टेबल

काभ्रे प्रि-मनसुन बाढीः आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध

काठमाडौं । काभ्रेको माप्तीस्थित रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको

युद्धविरामपछि आईपीएल फेरि सुरु, जेठ ३ देखि बाँकी खेल संचालन हुने

एजेन्सी । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावका कारण स्थगित इन्डियन प्रिमियर

काभ्रे प्रि–मनसुन बाढीः बेपत्ता महिलाको अवस्था अझै अज्ञात

काठमाडौं । काभ्रे जिल्लामा सोमबार अपराह्न आएको आकस्मिक बाढीले एक