१ आश्विन २०८३, बिहिबार । September 18, 2026

सुर्खेत र कैलालीमा आज सत्ता गठबन्धनको चुनावी सभा


६ कार्तिक २०७९, आइतबार  

6
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा चुनावलक्षित संयुक्त भेला गर्दैछ ।

सुदूरपश्चिमको धनगढीमा बिहान ११ बजे हुने कार्यक्रमको नेकपा माओवादीले समन्वय गर्नेछ । यस्तै कर्णालीको सुर्खेतमा हुने भेला नेपाली कांग्रेसको समन्वयमा हुँदैछ । दुवै ठाउँको भेलालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। भेलामा सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता धनगढी र सुर्खेत पुग्दैछन् ।

शुक्रबारदेखि प्रदेशस्तरीय संयुक्त भेला सुरु गरेको गठबन्धनले प्रदेश १, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा भेला गरिसकेको छ।सोमबार माओवादी केन्द्रको समन्वयमा काठमाडौंमा संयुक्त भेला गर्ने तयारी छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ