२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पार्टीले न्याय हुने गरी चुनावमा टिकट दिएको छ : अध्यक्ष ओली


५ कार्तिक २०७९, शनिबार  

6
Shares

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले काम र योगदानका आधारमा न्याय हुने गरी आगामी निर्वाचनका लागि टिकट दिएको बताएका छन् ।

तिहारो अवसरमा नेकपा(एमाले) ललितपुरले शनिबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले कतिपयले टिकट नपाएको भन्ने प्रसङ्गमा सबैलाई पालो पनि दिनुपर्ने बताए । उनले एमाले कार्यकर्तालाई कुनै भावनामा बग्नुपर्ने आवश्यकता नभएको उल्लेख गर्दै एमालेमा न्याय हुने तर न्याय सापेक्ष हुने स्पष्ट पारे। “टिकट पाएन, स्वभाविक हो, पालो गर्नुपर्दैन अरुलाई पनि त पालो दिनुपर्छ”, अध्यक्ष ओलीले भने, “पार्टीको पक्षमा, देशको पक्षमा असाधारण भूमिका भए पनि उहाँको भूमिका आवश्यक छ, उहाँ नभइकन संसद् चल्दैन, उहाँ नभइकन देश हाँकिदैन भन्ने स्थिति त होइन ।”

अध्यक्ष ओलीले टिकट नपाएका नेताप्रति लक्षित गर्दै २०४८ सालदेखि सांसद भइरहेका र गत असोज २÷३ गतेसम्म सांसद रहिरहेका व्यक्तिले टिकट नपाएकामा रुवाबासी गर्नु सही नभएको धारणा रारे । “पार्टीको हितमा एक शब्द बोलेको होइन, आन्दोलनको हितमा एक शब्द बोलेको होइन”, उनले थपे, “अरु–अरु प्रकारका तमासा देखाउनुपर्ने ठाउँमा तमासा देखाएको छ ।”

अध्यक्ष ओलीले राष्ट्र र पार्टीमा योगदान दिनेलाई टिकटमा न्याय गरिएको बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ११ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ