२२ फाल्गुन २०८२, शुक्रबार । March 6, 2026

नाका व्यवस्थित गर्न जरुरी : गृहमन्त्री खाण


५ कार्तिक २०७९, शनिबार  

6
Shares

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् ।

उनले नाका सुव्यवस्थित गर्न सरकार लागि परेको जिकिर गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका मन्त्री खाणले शनिवार भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हवाई तथा स्थल नाका व्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र छिमेकी मुलुकहरु विरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर हुन सक्ने गतिविधि रोक्न पनि नाका व्यवस्थित गर्नुपर्ने जरुरी रहेको औँल्याए ।

मन्त्री खाणले नेपालको भूमि प्रयोग गरी दुुई छिमेकी मुलुकविरुद्ध हुन सक्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा यसतर्फ अझ चनाखो र गम्भीर ढङ्गले सरकार अगाडि बढ्ने विश्वास दिलाए । ‘मुलुकको आन्तरिक सुरक्षाको साथै छिमेकी मुलुुक विरुद्ध नेपालको भूमि प्रयोग गरेर कुनै प्रकारको गतिविधि रोक्न पनि नाका व्यवस्थित गर्नुपर्ने छ । यसतर्फ सरकार लागि परेको छ’, उनले भने, ‘निर्वाचन लगत्तै सबैै सीमा नाका व्यवस्थित गर्ने काम सुुरु हुन्छ ।’

स्थल नाका सुव्यवस्थित गर्ने कामको सुुरुवात निर्वाचनपछि सरकारले रुपन्देहीको बेलहीया नाकाबाट गर्ने उनले प्रतिबद्धता जनाए । उनले नाका सुव्यवस्थित गराउन निर्माण गर्नुुपर्ने संरचना र अन्य कामका लागि बजेटमा सरकारले कन्ज्युस्याई नगर्ने बताए । मन्त्री खाणले बेलहीयामा बन्ने एकीकृत जाँच चौकी (आइसीपी) निर्माणका लागि नेपाल सरकारले कूटनीतिक र राजनीतिक रुपमा पहल गरिरहेको जानकारी दिँदै छिट्टै काम अगाडि बढ्नेमा सरकार विस्वस्त रहेको बताए ।

‘नेपाल र भारतको संयुक्त प्रयासमा आइसीपी निर्माण हुने हो ।’ मन्त्री खाणले भने, ‘आइसीपीका लागि हामीले जग्गा अधिग्रहण गरिसकेका छौँ । भारत सरकारले जग्गा अधिग्रहण नगर्दा निर्माणमा ढिलाई भएको हो ।’ जग्गा अधिग्रहण गरी निर्माण प्रक्रिया अगाडी बढाउन नेपालले भारत सरकारसँग कूटनीतिक र राजनीतिक दुवै तबरले छलफल अगाडि बढाइएको छ ।

अधुुरो रहेको बेलहिया–बुटवल व्यापारिक मार्गअन्तर्गत बेलहिया खण्डको अपूरो रहेको सडक निर्माण तनी/चार महिनाभित्रै सम्पन्न हुने पनि उनले बताए । विशेष आर्थिक क्षेत्र ‘सेज’ मा नियमित विद्युत् आपूर्ति र सञ्चालन कार्यविधिमा उद्योगी व्यवसायीले राख्दै आएका माग सकारात्मक रहेको उनले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по