२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

बाजुरामा पाण्डे र थापाको रोचक भिडन्त



काठमाडौं । तीन पटकमा एक पटक झिनो मतले सफलता हात पारेका एमालेका कर्ण थापा र एक पटक पनि परीक्षण नभएका गठबन्धनका साझा उम्मेदवार वद्री पाण्डेबीच बाजुरामा रोचक प्रतिस्पर्धा हुने देखिन्छ । थापा एमालेका स्थायी समिति सदस्य हुन् भने पाण्डे नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । थापा २०५६, ०६४ र ०७० मा निर्वाचन लड्दा ७० सालको निर्वाचनमा मात्र विजयी बनेका थिए । उनी सोही कार्यकालमा उद्योग मन्त्री बने । तर विवादमा परेपछि तत्कालिन प्रधानमन्त्री केपी ओलीले उनलाई मन्त्री पदबाट बर्खास्त गरेर आप्mना अर्का विश्वास पात्र महेश बस्नेतलाई मन्त्री बनाएका थिए । थापा केही वर्षपहिले पार्टी अनुशासनको कारवाहीमा समेत परेका व्यक्ति हुन् । उता अहिलेसम्म लाभको पदमा नपुगेका पाण्डे पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । ०४८, ०५६, ०६४ मा जितेको कांग्रेस आप्mनो विरासत फर्काउने तयारीमा छ भने एमाले कमब्याक गर्ने कसरतमा छ । यद्यपी एमालेका थापाका लागि आफू बाहेका कुनै दलको सहयोग नहुनु, आप्mनै दलभित्रको असहयोग, विगतको विवादास्पद छवी चुनाव जित्नका लागि चुनौतिको सामना त गर्नु नै छ, त्यसभन्दा बाहेक थापाकै चलखेलले अछाममा भीम रावलले टिकट नपाएको कुरा एमाले कार्यकर्ताबाट लुकेको बिषय भएन । यसको पनि चर्को मूल्य थापाले चुकाउनुपर्ने देखिन्छ । बाजुरामा रावलनिकट कार्यकर्ताको निर्णायक भोट छ । अहिले गठबन्धन मजबुत रहेकाले र विवादमा खासै नपरेका पाण्डेलाई निर्वाचन जित्न सहज देखिए पनि गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनको परिणाम हेर्ने हो भने उनी पनि ग्रीन जोनमा प्रवेश गरिसकेका छैनन् । जितका लागि पाण्डेलाई गठबन्धनको मत जोगाउनु पर्ने चुनौती छ ।

स्थानीय तहको अहिलेको अवस्था
बाजुरामा यस पटक स्थानीय निर्वाचनको परिणाम एमालेको अनुकूल देखिन्छ । ०७४ साल बैशाख ३० मा भएको निर्वाचनमा बाजुराका ९ पालिकामध्ये एमालेले ६ र कांग्रेसले ३ जितेको छ । यद्यपि बाजुराका दुई नगरपालिका र अधिकांश पालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । जिल्लाको जगन्नाथ गाउँपालिकामा मात्र कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो । खप्तड छेडेदह गाउँपालिका, स्वामी कार्तिक खापर गाउँपालि, गौमुल गाउँपालिकामा पनि दलहरु एक्लाएक्लै लडेका थिए । गौमुल गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ६ वटै वडा एमालेले जितेको छ । यहाँ एमालेले ३ हजार ३ सय ३ मत पाएको छ । कांग्रेसको १ हजार ६ सय १३ मत छ । खप्तड छेडेदह गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस निर्वाचित भएको छ । कांग्रेसले ५ र एमालेले २ वडाध्यक्ष जितेको छ । यहाँ कांग्रेसको ३ हजार ३ सय ९०, एमालेको ३ हजार ४ सय १७, माओवादीको २ सय ६५ र स्वतन्त्रको ४ सय २० मत छ । त्रिवेणी नगरपालिका मेयर र उपमेयरसहित कांग्रेसले ६ वडा जितेको छ । माओवादीले २ र एमालेले १ वडा जितेको छ । यहाँ कांग्रेसको ४ हजार ५ सय ९६, एमालेको १ हजार ९ सय ३२ र माओवादीको १ हजार ८ सय १२ मत छ । जगन्नाथ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एमालेले ५ वडाध्यक्ष जितेको छ । एउटा वडामा माओवादी केन्द्र विजयी भएको छ । यहाँ एमालेको २ हजार ३ सय २२, माओवादीको ७ सय ६२ र कांग्रेसको १ हजार ६२ मत छ । बडिमालीका नगरपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एमालेले ७ र कांग्रेसले २ वडाध्यक्ष जितेको छ । यहाँ एमालेको ३ हजार ६ सय १८ कांग्रेसको २ हजार ७ सय ४१, माओवादीको ३ सय ३१ र एकीकृत समाजवादीको ३ सय ९६ मत छ । बुढीगंगा नगरपालिकामा मेयर र उपमेयरसहित एमालेले ७ र कांग्रेसले ३ वडा जितेको छ । यहाँ एमालेको ४ हजार ५ सय ४२ मत, कांग्रेसको ३ हजार ५ सय ४१, माओवादीको ५८ एकीकृत समाजवादीको ३ सय ९३ मत छ ।
बुढीनन्दा नगरपालिकामा मेयरमा एमाले र उपमेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । यहाँ एमालेले ७ र कांग्रेसले ३ वडाध्यक्ष जितेको छ । एमालेको ४ हजार ५ सय ५१, कांग्रेसको ३ हजार ४ सय ८६, एकीकृति समाजवादी २ सय ८५ र राप्रपाको १ सय १४ मत छ । स्वामी कार्तिक खापर गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित कांग्रेसले ३ वडा जितेको छ । एमाले र माओवादीले १–१ वडा जितेको छ । कांग्रेसले १ हजार ६ सय १८, एमालेले १ हजार ७ सय ३२ माओवादीले ७ सय ३२ र एकीकृत समाजवादीले ६ सय ९३ पाएको छ । हिमाली गाउँपालिका अध्यक्षसहित कांग्रेसले ४ वडा जितेको छ । एमालेले उपाध्यक्षसहित ३ वडा जितेको छ । यहाँ कांग्रेसको २ हजार ३ सय ०७ , एमालेको २ हजार ३६, माओवादीको २ सय ६२, स्वतन्त्रको ५५ र एकीकृत समाजवादीको २१ मत छ । स्थानीय निर्वाचनको मत अनुसार गठबन्धनसँग ३० हजार ३ सय ६४ र एमालेसँग २७ हजार ४ सय ५३ मत छ । पाण्डे २ हजार ९ सय ११ मतले अगाडि छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ६ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले