२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

हामी आयौं



प्रकाशकीय। गो न्यूज नेपाल डट कम शुभारम्भ भएको खबर सुनाउन पाउँदा खुसी लागेको छ ।

गो मिडिया नेटवर्क प्रा.लि. ले २०७९ सालको तिहारको अवसर पारेर अनलाइन समाचार पोर्टल ‘www.gonewsnepal.com’ सुरु गरेको हो । सन् १४५६ मा प्रिन्टिङ प्रेसको आविष्कार भएपछि सुरु भएको पत्रकारिता अहिले डिजिटल युगमा छ । छापा पत्रकारिता रेडियो, टेलिभिजन, अनलाइन पत्रकारिता हुँदै इन्टरनेटको युगसम्म आइपुगेको छ । इन्टरनेट प्रविधिले प्रकाशन तथा प्रसारण हुने पत्रपत्रिका तथा रेडियो टेलिभिजन पढ्न सुन्न र हेर्न सकिने प्रविधिको विकास सहजता बनाएको छ ।

गोन्यूजनेपाल डट कम इन्टरनेट प्रविधिमार्फत हुने पत्रकारिताको एउटा सञ्चार गृह हो । नेपालमा अनलाइन मिडियाको कुनै अभाव छैन । मूलधारदेखि विषयगतसम्म अनलाइनले बजार लिइरहेका छन् । अनलाइन सञ्चालनका लागि विज्ञापन बजारको स्रोत वृद्धि नभए पनि अनलाइन खुल्नेमा कुनै कमी आएको छैन । सँगै बन्द हुने क्रम पनि उत्तिकै छ ।

गोन्यूजनेपाल डट कम स्थापित सञ्चारकर्मीहरुबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । हामीलाई सूचना सम्प्रेषण गर्ने हतार छैन, तथ्यमा आधारित भएर खबर प्रवाह गर्न सक्यौं भने हाम्रो ध्येय पूरा हुन्छ ।

पत्रकारिताको धर्म, पेसागत मर्यादा र गोपनीयता अधिकारप्रति हामी सचेत छौं । हामीलाई सचेतता प्रदान गर्न तपाईं पाठकहरुको पनि उत्तिकै भूमिका अपेक्षा गर्दछौं ।

अन्त्यमा तिहार, नेपाल संवत् र छठको शुभकामना ।

रेखा ढुङ्गाना
अध्यक्ष, गो मिडिया नेटवर्क प्रा.लि.

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ६ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको