२७ चैत्र २०८१, बिहिबार । April 11, 2025

दाहालले सार्वजनिक गरे प्रतिबद्धता पत्र



गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका दाहालले शनिवार ८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गोरखाको विकासका योजनाहरु सार्वजनिक गरेका छन् । गेम चेन्जर (गुणात्मक) योजनाहरु र नियमित गरी दुई भागमा वर्गीकरण गरेर उनले योजनाहरु सार्वजनिक गरेका हुन् ।

गोरखा समृद्धिको मार्गचित्र नाम दिइएको प्रतिबद्धता पत्रमा गेम चेन्जर योजनाहरू अन्तर्गत संविधानमा भएको व्यवस्था अनुसार जिल्लाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको निश्चित भूभागलाई विशेष वा स्वायत्त वा संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्ने, बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरू गर्ने, रणनीतिक महत्वको रुपमा रहेको बेनीघाट–आरूघाट–लार्के नाका सडक खण्ड निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै कृषि, पशुपालन, फलफूल खेती, जडीबुटी, घरेलु हस्तकला, होमस्टे, साना उद्योग तथा घरेलु उद्योगहरूको प्रवर्द्धन गर्दै स्थानीय स्तरमा युवाहरूलाई स्वरोजगारी प्रदान गर्ने योजना र कार्यक्रमहरु अघि बढाउने प्रतिबद्धता जनाएका छन् । लिगलिग कोट, सिरानचोक, गोरखा दरबार, मनकामना आदिलाई समेटेर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा सिर्दीबास, माछीखोला, बारपाक, भच्चेक क्षेत्रमा हिमाली क्षेत्रका जडीबुटी संरक्षण, सङ्कलन र प्रशोधन केन्द्र स्थापना गरी सो क्षेत्रलाई जडीबुटी विशेष क्षेत्रको रुपमा विकास गर्ने लगाएतका बिषयहरु उनको प्रतिबद्धता पत्रमा अटाएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ५ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आफ्नै सुरक्षाको लागि आत्मसमर्पण: प्रसाईँ सचिवालय

काठमाडौं । सामाजिक तथा राजनीतिक क्षेत्रका चर्चित व्यक्तित्व दुर्गा प्रसाईले

एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्ल्यो

काठमाडौं । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै

‘एडुक्लेभ ३.०’: नेपालको शिक्षा क्षेत्रको सम्भावना र चुनौतीमाथि गहिरो मन्थन

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको

चाइना साउदर्नले काठमाडौं–ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सुरु

काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले नेपाल–चीन हवाई सेवा विस्तार गर्ने

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले दिएको राजीनामा