४ बैशाख २०८२, बिहिबार । April 17, 2025

सीपीसीको नेतृत्वमा पुन: सी जिनपिङ चयन



एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले सी जिनपिङलाई तेस्रो कार्यकालका लागि पनि चयन गरेको छ ।

शनिबार सम्पन्न महाधिवेशनले सर्वोच्च नेता सी लाई महासचिवमा चयन गरेको हो । गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो ।

यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् । त्यस्तै महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

अवकाश पाउने नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन रहेका छन् । आगामी आईतबार बस्ने नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकबाट पोलिटब्यूरो र पोलिटब्यूरो स्थायी समिति चयन गरिने छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ५ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं । चर्चित ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोप

बर्दघाट योग शिविर : तेस्रो दिनको प्रशिक्षण जीवनकला गौतम भुसालबाट सम्पन्न

नवलपरासी । बर्दघाट नगरपालिका– ७ स्थित त्रिनेत्रज्येष्ठ नागरिकदिवा सेवाकेन्द्रको आयोजनामा

लाख ९० हजार नाघ्यो सूनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो उछाल आएको

इन्फोडेभलपर्स र वन पोइन्टबीच डिजिटल बैंकिङ सशक्तिकरणका लागि सहकार्य

काठमाडौं । नेपालको प्रख्यात सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रा.लि.

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग