११ चैत्र २०८१, मंगलबार । March 26, 2025

बडा दशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदै



काठमाडौँ । नवरात्रको दोस्रो दिन देशैभरिका शक्तिपिठ, दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास रहेको छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको वोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो ।

ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । ब्रह्मचारिणी अर्थात तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । दशैँको घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा रहिआएको छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आजा गर्ने गरिन्छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेयर बालेनलाई पक्राउ गर्न एमाले युवा संघको माग

काठमाडौं । नेकपा एमालेसँगको भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौं

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्षमा थापा नियुक्त

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको नयाँ अध्यक्षको रूपमा चन्द्रबहादुर थापा

ओलीको टिप्पणी: ‘कुलमान मुद्दामा तिललाई पहाड बनाउने काम हुँदैछ !’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी

सत्तारूढ दलहरूको बैठक बालुवाटारमा सुरु

काठमाडौं । बालुवाटारमा आज सत्तारूढ दलहरूको महत्वपूर्ण बैठक सुरु भएको

‘कता हिँडेको बिजुली मारेर’, ‘कुलमान फालेर’ !

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई