१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण



एजेन्सी । इटलीमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी पक्षधर उम्मेदवारहरु धेरै विजयी हुने प्रक्षेपण गरिएको छ ।

इटलीका विभिन्न संघ संस्था र निकायहरुले गरेको सर्वेक्षणमा अति दक्षिणपन्थी नेता जोर्जा मलोनी नेतृत्वको गठवन्धनका उम्मेदवारहरुले धेरै जित्ने देखाएका हुन् । उनको गठवन्धन विजयी भएमा उनी नै प्रधानमन्त्री बन्ने निश्चित भइसकेको छ । मलोनी प्रधानमन्त्रीमा निर्वाचित भएमा उनी इटलीको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रच्नेछ । त्यसैगरी सर्वेक्षण सत्य भएमा इटलीमा दोस्रो विश्वयुद्ध पछि पहिलो पटक अति दक्षिणपन्थीहरुले सरकार बनाउने मौका पाउनेछन् ।

युरोपेली मुलुक इटलीमा हुने सत्ता परिवर्तनले युरोपलाई नै प्रभावित पार्ने आँकलन गरिएको छ । युरोपेली देशहरु मध्ये तेस्रो ठूलो अर्थतन्त्र भएको इटलीमा बन्ने सरकार र त्यसले गर्ने कामले अन्य देशहरुलाई असर पार्ने भएको हो । मतदानपछि प्रतिक्रिया दिदै मलोनीले आफ्नो पार्टी ब्रदर्श अफ इटलीले सबैलाई समान व्यवहार गर्ने र जनताको विश्वास अनुसार काम गर्ने अठोट व्यक्त गरे । उनको पार्टीले २४.७ प्रतिशत मत प्राप्त गरी सबैभन्दा ठूलो दल बन्ने प्रक्षेपणमा देखाइएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

देशको तल्लो सदनका सदस्य चयनका लागि आइतबार मतदान भएको हो । निकै काम मतदाता मात्रै यस पटकको निर्वाचनमा सहभागी भएका थिए । निर्वाचन आयोगका अनुसार ६३.८२ प्रतिशत मत मात्रै खसेको थियो । यस अघि सन् २०१८ मा भएको निर्वाचनमा भने योभन्दा झण्डै १० प्रतिशत बढी मत खसेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको