२८ बैशाख २०८२, आइतबार । May 11, 2025

‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक



काठमाडौँ । आगामी असोज २१ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मको ट्रेलरमा मित्रताको कथा, रोमान्स, कमेडी, एक्सनलाई चित्रण गरिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ चित्रित छन्।

दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी रहेको छ। फिल्ममा भुटानी अभिनेत्री उगेन छोदेनको डेब्यु समेत रहेको छ। किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा गण्डकी प्रदेशका खेलकुदमन्त्री समेत रहेका दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ छन्।

यो ‘घामपानी’ र ‘छ माया छपक्कै’ फेम्ड निर्देशक दीपेन्द्र लामा निर्देशित फिल्म हो।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १२ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पश्चिमी र स्थानीय वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट

भारत–पाकिस्तान युद्धविरामः जम्मू-कश्मिर क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । भारत र पाकिस्तानबीच हालैको सैन्य तनाव शान्तिपूर्ण दिशातर्फ

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले