४ असार २०८३, बिहिबार । June 18, 2026

देशको संविधानलाई गठबन्धनले बचाउँछ : उद्योगमन्त्री बडू


११ आश्विन २०७९, मंगलबार  

0
Shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको बताएका छन्।

मंगलवार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावली लगायतका पर्वहरुको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । उनले तत्कालित सत्तारुढ पार्टीले दुई पटक संसद विघटन गरेर संविधानलाई मार्न खोजेकोले संविधानलाई बचाउनका लागि गठबन्धन भएको बताए। मुलुकको स्थिरताका लागि प्रतिपक्षमा रहेको काँग्रेसलाई खोजेर मुलुकको नेतृत्व दिनुपरेको उनले बताए। उनले काँग्रेस नेतृत्वको गठबन्धनले संविधानलाई बचाउने बताए।

उनले भने – ‘खतराबाट बाँचेका छौँ हामी । यो संविधान बाँचेको छ । यसलाई अझ बचाउनु पर्छ । त्यसकारण बन्यो गठबन्धन । त्यसकारण यो बन्नुपर्ने भइराखेको छ । हामी त प्रतिपक्षमा छँदै थियौँ । हामीले हो र भत्काएको यो ? तर यो भत्किँदा मुलुकमा स्थिरताका लागि र संविधान खतरामा पर्‍यो है कहाँ छ काँग्रेस ? भनेर खोज्नु परेन रु फेरि लिड गर्‍यो । र हामी बचाउँदै छौँ । हाम्रो नेतृत्वमा यो मुलुकको संघीय संसद, प्रादेशिक संसद तयार हुँदैछ । यो संविधान बाँच्छ । यो संविधान बचाउने लडाईं र संविधान समाप्त गर्नेहरुको बीचको एउटा जनमत बन्नसक्छ ।’

उनले नेपाली काँग्रेसले राजनीतिलाई ठिक ठाउँमा पुर्‍याएको बताए । नेपाली काँग्रेस सबैलाई एकै ठाउँमा ल्याएर नेतृत्व गर्न सफल भएको पनि उनको भनाई छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ११ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा