१९ चैत्र २०८१, बुधबार । April 2, 2025

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता राष्ट्रपतिले उद्घाटन गर्ने



काठमाडौँ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएका छन् ।

युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष महेश्वर गहतराज अथकले उद्घाटन समारोहमा उपस्थित हुन गरेको आग्रह राष्ट्रपति भण्डारीले स्विकार गरेका हुन् । मंगलबार राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीसहित शितल निवास पुगेका मन्त्री अथकले राष्ट्रपति भण्डारीलाई औपचारीक निमन्त्रण पत्र समेत प्रदान गरेका छन् ।

असोज २८ गतेदेखी सुरु हुने प्रतियोगिताको उद्घाटन समारोह पोखरा रंगशालामा हुने तय भइसकेको छ । यस्तै कात्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले नवौंको राष्ट्रिय खेलकुदको समापन गर्ने तालिका रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन ।

प्रतियोगिताका लागि सोमबारसम्म करिव ५५ सय खेलाडीहरुको नाम दर्ता भइसकेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वराजा ज्ञानेन्द्रमा संवेदनशीलता देखिएन: महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुनेमा भएको राजावादी

ट्रकमा लुकाइएको २५ करोडको मालिकको पहिचान: को हुन् मालिक ?

काठमाडौं। काठमाडौंको टोखा नगरपालिका–१० मा ट्रकमा लुकाइएको २५ करोड रुपैयाँ

नेप्से सूचक २३.८६ अंकले वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २३.८६ अंकले वृद्धि हुँदै

सुरेश रजकको मृत्यु: पोस्टमार्टम रिपोर्टले के खुलाउँछ?

काठमाडौं । तीनकुनेमा जलेको अवस्थामा मृत भेटिएका पत्रकार सुरेश रजकको

रेडियो नेपाल ३ करोड नेपालीको हो, कुनै एक व्यक्ति, पार्टी वा सरकारको होइन: मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाललाई