२६ चैत्र २०८१, बुधबार । April 10, 2025

थपिए सिन्धुलीमा मतदाता



आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिन्धुलीमा दुई हजार ३३ नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी मङ्सिर ४ मा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन कार्यालयले गत साउन २० देखि मतदाता नामावली सङ्कलन स्थगन गरेको छ । स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगन भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य असार १ देखि सुरु भएको थियो । सोही अवधिमा उक्त मतदाता थपिएका हुन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कायम रहेका मतदातामा पाँच सय ६६ महिला र एक हजार चार सय ६८ पुरुष मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिनुभयो । यससँगै जिल्लामा कुल मतदाता सङ्ख्या दुई लाख आठ हजार तीन सय ६९ पुगेको छ । स्थानीय तह निर्वाचनमा कुल मतदाताको सङ्ख्या दुई लाख छ हजार तीन सय ३६ थियो । निर्वाचन आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएको उहाँले बताउनुभयो । कार्यालय प्रमुख झाका अनुसार गत असार १ देखि साउन १९ सम्म गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानमा बाहिरी जिल्लाबाट आएका र स्थायी बासिन्दा गरी चार हजार दुई सय ३३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न निर्वाचन कार्यालयले सबैलाई आग्रह गरेको थियो । घट्यो मतदान केन्द्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा कायम रहेका मतदान केन्द्र घटेको छ । मतदानस्थल भने बढेको निर्वाचन कार्यालय प्रमुख झाले बताउनुभयो । “प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर चारवटा मतदान केन्द्र र सातवटा मतदानस्थल थप्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको थियो । निर्वाचन आयोगले यसअघि कायम रहेका दुई सय ६८ मतदान केन्द्रमा एउटा घटाएर दुई सय ६७ वटा र एक सय ४४ मतदानस्थलमा सातवटा थपेर एक सय ५१ कायम गरी पठाएको छ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डकवर्थ लुइस पद्धतिमा अफगानिस्तानलाई हराउँदै नेपाल यू–१९ को सान्त्वना जित

काठमाडौं । नेपाल यू–१९ क्रिकेट टोलीले अफगानिस्तान यू–१९ विरुद्धको तेस्रो

सान्टो डोमिङ्गोको नाइटक्लबमा भयानक दुर्घटनाः ११३ को मृत्यु, सयौं घाइते

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोस्थित एक प्रसिद्ध नाइटक्लबमा

२४ घण्टाभित्र प्रहरीसमक्ष उपस्थित हुने दुर्गा प्रसाईको घोषणा

काठमाडौं । पछिल्लो समय प्रहरीको खोजी सूचीमा रहेका दुर्गा प्रसाईले

एन–प्याब्सनद्वारा शिक्षक आन्दोलनप्रति ध्यानाकर्षण, सरकारलाई संवादको वातावरण सिर्जना गर्न आग्रह

काठमाडौं । शिक्षा क्षेत्रको शुद्धिकरण र सुदृढीकरणमा संवेदनशील भूमिका निर्वाह

नेप्से ९.६६ अंकले बढ्यो, होटल तथा पर्यटन क्षेत्रमा उच्च चमक

काठमाडौं । साताको मध्य दिन बुधबार सेयर बजार हरियालीमा फर्किएको