१८ श्रावण २०८३, सोमबार । August 4, 2026

बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढ्दा व्यवसायी मारमा


११ आश्विन २०७९, मंगलबार  

0
Shares

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन् ।

नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले मंगलवार आयोजना गरेको ‘वित्तीय समस्या र समाधान’ विषयक अन्तक्र्रियामा व्यवसायीले ब्याजदर बढ्दा उद्योगी व्यवसायी गम्भीर समस्यामा परेको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले बैंकले ब्याजदरबारे सोच्नुपर्ने बेला आएको बताए ।

“बैंकले नाफा खानका लागि ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन्”, उनले भने। उनले ३० वर्षमा कहिल्यै भोग्नु नपरेको वित्तीय समस्या अहिले आएर भोग्नुपरेको बताए ।नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले व्याजदर सात प्रतिशतबाट बढाएर १४ प्रतिशत बनाउँदा व्यवसायी अफ्ठ्यारोमा परेको बताए ।

“बैंकलाई ब्याजदर बढाउन राष्ट्र बैंकले स्वीकृत दियो, यसबाट व्यवसायी मारमा परे”, उनले भने। ब्याजदरमा बैंकले ठगी गरेको उहाँको आरोप छ । नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँका उपाध्यक्ष हेमराज ढकालले उत्पादन बढाएर आयत प्रतिस्थापन गर्न सकेमात्र देशको अर्थतन्त्र संकटमा केही हदसम्म कमी आउने बताए ।

राष्ट्र बैंक र अर्थ मन्त्रालय आआफ्नो ढङ्गले सञ्चालन हुँदा समस्या परेको उनको भनाइ थियो ।बैंकर्स सङ्घका अध्यक्ष अनिल उपाध्यायले महङ्गी र व्यवसायीलाई असर नपर्ने गरी ब्याजदर बढाइएको बताए। “बैंकिङ क्षेत्र जोगाउन ब्याजदर बढाएका हौँ, बैंक क्षेत्र डुब्यो भने मुलुकको अर्थ व्यवस्थामा गम्भीर सङ्कट पर्छ”, उनले भने।

नेपाल राष्ट्र बैंकका निर्देशक ईश्वरीप्रसाद भट्टराईले नेपालमात्र नभई विश्वकै अर्थतन्त्र समस्यामा परेको बताए। “अर्थतन्त्रको समस्या क्षणिक हो, यो विस्तारै सुधार हुँदै जान्छ”, उनले भने सम्झौताभन्दा बढी ब्याजदर लिने बैंकलाई राष्ट्र बैंकले ‘एक्सन’ लिने उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर