४ बैशाख २०८३, शुक्रबार । April 17, 2026

पञ्चकन्या झरना, पर्यटकका लागि नयाँ गन्तव्य


११ आश्विन २०७९, मंगलबार  

0
Shares

काभ्रेपलाञ्चोक । ‘पञ्चकन्या झरना’ पछिल्लो समय धेरैको रोजाइको थलो बनेको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खारखोलास्थित सो झरनामा हरियाली, शान्त र रमणीय वातावरणमा रहेको उक्त झरना निकै मनमोहक छ । मान्छेको आवागमन बढ्दै गएपछि करिब डेढ वर्ष अगाडि वडाले झरना जाने सिँढी निर्माण गर्नुका साथै बार र रेलिङ हालेर बाटो सहज बनाएको थियो ।

बाटो सहज भएसँगै यहाँ पईटकहरुको घुईचो लाग्ने गरेको छ । हरेक दिनजसो पर्यटकहरु आउने गरेको भएपनि प्राय बिदाका दिनमा निकै भिड लाग्ने गरेको छ । धेरै टिपर गुड्ने समयमा भने आवागमनमा कमी आउने गरेको स्थानीय सन्तबहादुर तामाङले बताए । कच्ची बाटो त्यसमाथिपनि ठूला सवारीसाधनको चाप बढि हुने भएकाले साना सवारीसाधनलाई आवागमनमा समस्या हुने गरेको स्थानीय बताउँछन् ।

पनौती नगरपालिका–२ कुशादेवीका डिल्लीराम आचार्य पनौती बजारबाट नजिकै रहेको भएतापनि पञ्चकन्या झरनामा जानेहरूले बाटोको समस्याका कारण सास्ती खेप्नुरेको बताउछन् । पनौती–मल्पी–रोशी भूमेडाँडा हुँदै ‘पञ्चकन्या झरना’ पुग्न सकिन्छ । पनौती बजारबाट जम्मा छ किलोमिटर मात्रैको दूरी मा रहेको सो क्षेत्रमा धेरैजसो खानी र क्रसर उद्योग सञ्चालनमा ल्याएका कारण एकातिर शान्त वातावरणमा प्रदूषण बढेको र अर्कोतर्फ ठूला सवारी साधनले बाटो बिगारेर समस्या गरेकाले वितृष्ण पैदा गराइदिएको अचार्य बताउँछन् ।

कुशादेवीकै हस्तबहादुर तामाङले भने पर्यटकीयस्थल झरनाको विकास संरक्षणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताउँछन् । ठाउँ निकै मनमोहक र जानका लागि सहज भए पनि बाटोघाटो र त्यहाँ सञ्चालित खानी र क्रसरले गर्दा दिक्क बनाउने गरेको अवस्थाबाट सो ठाउँलाई छुटकारा दिलाउन आवश्यक रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व