११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

हेल्थ असिस्टेन्ट संघ नेपालको चेतावनी


११ आश्विन २०७९, मंगलबार  

0
Shares


काठमाडौँ । हेल्थ असिस्टेन्ट संघ नेपालले स्थानीय तहको आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ ।

मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै संघले आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो । २०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयले आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको संघको भनाई छ ।

लोकसेवा आयोगमार्फत सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरुमाथि मान मर्दन तथा अत्याचार भएको भन्दै सो निर्णय सच्याउन माग गरेको छ । मन्त्री खापुङलाई ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष दाताराम अधिकारीले स्वास्थ्य केन्द्रको संगठन संरचना अवैज्ञानिक र असमान तवरले बनाइएको बताए ।

उनले यसरी संगठन संरचना बनाएर स्वास्थ्य नीति २०७६ को समेत खिल्ली उडाइएको बताए । सो संगठन संरचनात्मक दरबन्दी २४ घण्टाभित्र फिर्ता गरी सर्वपक्षिय छलफलबाट विद्यमान नीति, नियम र कानूनसम्मत हुनेगरी स्वास्थ्य प्रणाली सुधार गर्न माग अध्यक्ष अधिकारीको छ ।

ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खापुङले संघको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । हेल्थ असिस्टेन्ट संघ नेपालले आफूहरुको माग तत्काल सम्बोधन नभए चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  २ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली