४ असार २०८३, बिहिबार । June 18, 2026

नेपाली रुपैयाँ ईतिहासमै कमजोर


११ आश्विन २०७९, मंगलबार  

0
Shares

काठमाडौँ । नेपाली रुपैयाँ ईतिहासमै सवैभन्दा कमजोर भएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दरअनुसार मंगलबारका लागि १ अमेरिकी डलरबराबर १ सय ३० रुपैयाँ ९० पैसा रहेको छ । शुक्रबार एक अमेरिकी डलर बराबर १ सय २९ रुपैयाँ ६८ पैसा थियो भने शनिबार, आइतबार र सोमबार १ डलरको १ सय २९ रुपैयाँ ८९ पैसा थियो ।

पछिल्लो समय रूस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ । अमेरिकी डलर बलियो भएपछि नेपाली रुपैँया दिन प्रतिदिन कमजोर हुदैँ गएको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असारसम्ममा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले कमजोर भएको थियो ।

२०७९ असार मसान्तको तुलनामा गत साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ० दशमलव ३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ० दशमलव ५ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा