काठमाडौं । मंगलबार र बुधबार देशभर वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गरि मनसुन न्यून चापीय रेखा नेपालनजिक सर्ने सम्भावना देखिएकाले मनसुन सक्रिय हुने बताएको हो। महाशाखाका अनुसार मंगलबार र बुधबार अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही…