काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसला आज आउँदै छ । बुधबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको थियो । इजलासले बुधबार सुनुवाइ सकेकोले बिहीबार फैसला सुनाउने भएको हो । सर्वोच्च अदालतबाट आउने फैसलाले उद्धव थापा…