काठमाडौं । शुक्रबार रातिबाट निरन्तर परेको बर्षासँगै आएको बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग र सडकहरु अवरुद्ध भएका छन् । अविरल बर्षापछि खसेको पहिराले काठमाडौं–हेटौँडा जोड्ने विभिन्न मार्गहरु पनि अवरुद्ध भएका छन् । प्रहरीको अनुसार अविरल वर्षापछि आएको पहिरोको कारण हेटौंडा–सिस्नेरी–दक्षिणकाली सडक, कान्तिलोकपथ, हेटौंडा चखेल–मातातिर्थ सडक बन्द भएको छ । दक्षिणकाली सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोबर…